श्रम तथा रोजगार उपसमितिको संयोजकमा एलपी साँवा सर्वसम्मत

काठमाडौं, २० मंसिर । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिले चारवटा विषयगत उपसमिति गठन गरेको छ । चारमध्ये श्रम तथा रोजगार उपसमितिको संयोजकमा नेकपाका सांसद एलपी साँवा लिम्बु सर्वसम्मत चयन भएका छन् ।

एलपी साँवा लिम्बु
विहिवार बसेको श्रम तथा रोजगार उपसमितिको बैठकले झापा ४ बाट निर्वाचित साँवालाई सर्वसम्मत रुपमा संयोजक चयन गरेको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष समेत रहेका साँवा श्रम तथा रोजगार क्षेत्रमा गहिरो ज्ञान भएका सांसद हुन् ।
यो उपसमितिले स्वदेश र वैदेशिक रोजगारीका क्षेत्रका समस्या र चुनौतिहरुको अध्ययन गरी सरकारलाई नीतिगत निर्देशन दिने साँवाले बताए ।
वैदेशिक रोजगारीका समस्याहरुबारे छलफल गर्ने र श्रम गन्तव्य मुलुकहरुसँगको सम्बन्धबारे पनि उपसमितिले नीतिगत र व्यवहारिक रुपमा सरकारलाई निर्देशन दिने उनले बताए ।
स्वदेशभित्रै रोजगारीका क्षेत्र पहिचान गर्ने र प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणाको तयारीमा सरकार रहेका बेला उपसमितिले त्यसमा सहजीकरण गर्ने भएको छ ।
समितिले उद्योग तथा वािणज्य,उपभोक्ता हित,सार्वजनिक संस्थान र श्रम तथा रोजगार उपसमिति गठन गरी काम थालेको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले बताए ।