भ्रष्टाचार मुद्दामा पूर्व आईजीपी बोहरालाई सर्वोच्चको सफाइ

काठमाडौं, २० मंसिर । भ्रष्टाचार गरी अवैध रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोग झेलिरहेका पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरालाई सर्वोच्च अदालतले सफाइ दिएको छ ।

बिहीबार सर्वोच्च अदालतमा न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलासले विशेष अदालतको फैसला उल्ट्याउँदै बोहरालाई सफाइको फैसला सुनाएको हो ।
विशेष अदालतले २०६८ चैतमा बोहराको २६ लाख ८३ हजार ४ सय ८५ रुपैयाँ ७८ पैसा अवैध आम्दानी देखिएको भन्दै सो बराबरको बिगो जरिवाना र १ वर्ष कैद सजाय सुनाएको थियो । त्यसविरुद्ध बोहराले २०६९ मंसिर २९ गते सर्वोच्चमा पुनरावेदन गरेका थिए ।