२०७५ मंसिर २१ गते शुक्रबारको तपाईको राशिफल


२१ मंसिर २०७५, शुक्रबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दौडधुपमै समय बित्नेछ भने आँटेको काम स्थगित हुन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ । अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनु पर्नेछ । वादविवादले समस्या निम्त्याउन सक्छ । हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला । आलस्यले काम समयमा सम्पादन नहुन सक्छ ।

rasifal

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न केही विलम्ब भए पनि प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । मिहिनेतले फाइदा उठाउन सकिने छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउने छ । उपहारले उत्साह जगाउने छ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । रमाइलो यात्रा हुन सक्छ । परिवारजनको साथले आत्मबल प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुगिने छ । सास्थ्य सबल हुनाले काममा स्फूर्ति बढ्ने छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । लामो यात्राको प्रक्रिया अघि बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ । समयको तालमेल नमिल्दा योजना अधुरै रहने छ । अध्ययनमा पनि कमजोरी अनुभूति हुनेछ । परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ । हल्लाको पछि लाग्दा दुःख पाइने छ । तापनि प्रतीक्षित नतिजाले उत्साह जगाउने छ । लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ । तापनि नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिस्थितिले समस्याको मोडमा पुर्‍याउन सक्छ । आश्वासन बाँड्नेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल धेरै फाइदा नहुन सक्छ । पुरानो गतिले पनि काम बिग्रन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । अरूको भरपर्दा काम रोकिन सक्छ । अप्ठ्यारै परिस्थितिमा पनि मान्यजन तथा आफन्तले भने साथ दिनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साहसी काम गरेर अरूको मन जित्न सकिने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । प्रतिपक्षीहरू समेत सहयोगी बन्ने छन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समयमा वचन पुर्‍याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ । मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ । अध्ययनमा त्यति समय दिन नसकिएला । आरिस गर्नेहरूले पनि बिना कारण सताउन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । परिस्थितिको बन्धनले स्वतन्त्रतामा बाधा पुर्‍याउन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्ने छन् । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । शुभचिन्तकहरूको सहयोग जुट्ने छ । पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्ने छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ । अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला । आम्दानी बिगार्नेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमै भेटिने छन् । धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ । बेलामा होस नपुर्‍याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन् । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । काम रोकिनाले दोहोर्‍याएर प्रयत्न गर्नुपर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतीक्षित नतिजाले उत्साह जगाउने छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पुरुषार्थी काम प्रारम्भ हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । भेटघाटले काममा उत्साह बढाउने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । मान–सम्मान प्राप्त होला । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ होला । प्रतिष्ठित कामले धेरैको मन जित्न सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ । बाध्यताले अलमल्याउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि दोहोर्‍याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ । सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ ।

उपप्रा. लक्ष्मीप्रसाद बराल
(फलित ज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७