प्यासिफिक समिट र निर्मला प्रकरणमा सञ्चार माध्यमले सरकारको गलत प्रचार गरे : सञ्चारमन्त्री

काठमाडौं, २१ मंसिर । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटा सञ्चारगृह र सञ्चारकर्मीमाथि खनिएका छन् ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटा तथा बंग्याएर समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै सञ्चारकर्मीमाथि आक्रोशित भएका हुन् ।
हालै काठमाडौँमा सम्पन्न एसिया प्यासिफिक समिट र निर्मला पन्त प्रकरणलाई लिएर सञ्चारमाध्यममा आएका समाचारको उनले खण्डन गरेका छन् ।
उनले केही मिडियाले सरकारलाई खेद्न मिसन नै बनाएर तथ्य तोडमोड गरिरहेको आरोप लगाए । यो समाचार आजको नागरिक दैनिकमा छ ।