दृष्यावलोकनको अर्को गन्तव्य काँहु


२१ मंसिर २०७५, शुक्रबार
0 Shares
Kaju4316

चिप्लेढुङ्गा, २१ मंसिर । प्रकृतिको अनुपम बरदानको रूपमा रहको पर्यटकीय नगरी पोखराको उत्तरपूर्व स्थित काहुँ धरहरा अहिले आन्तरिक र बाह्य रोजाइको गन्तव्यको रूपमा विकास हुँदैछ ।

Kaju4316

प्रचार प्रसारको अभावले गुमनाम जस्तै बनेकामा पछिल्लो समय आयोजना हुने मेला महोत्सव र सडकको विस्तारले यो डाँडामा पर्यटकको आकर्षण बढ्न थालेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पोखरा महानगरपालिका–११ स्थित यो डाँडाबाट पोखरा महानगरपालिका भित्रका ३३ वटै वडासहित माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खंला अवलोकन गर्न सकिन्छ । समुन्द्री सतहदेखि एक हजार४४४ मिटरमा उचाइमा रहेको काँहुडाँडामा तत्कालीन

अञ्चलाधिश नन्दबहादुर मल्ल र स्थानीय सामाजिक अभियन्ताका स्व. मेजर वीरसिंह गुरुङको सक्रियतामा निर्माण गरिएको काहुँ धरहराले पछिल्लो समय पर्यटकलाई आकर्षित गरेको हो । बाइसे चौबिसे राज्यका बेला यसस्थललाई एक कोटका रुपमा लिइएको थियो ।

jagdamba.cement
rbbbb

पोखरा शहरबाट नजिकै रहेको लालिगुराँस फुल्ने काहुँडाँडामा प्राचीन समय काउना खेती गरिने हुँदा काउनोबाट काहुँ हुँदै अपभ्रंश भएर काँहुडाँडा रहन गएको स्थानीयवासीको भनाइ छ ।

शहरदेखि नजिक र सुगम बस्ती भए पनि प्रचार प्रसारका अभावले ओझेलमा परेको यस क्षेत्रको विकास र प्रवद्र्धनमा पछिल्लो समय यस क्षेत्रका राजनीतिक दल, संघ संस्था स्थानीय युवा क्लब र आमा समूहको सक्रियतामा गरिएको कार्यले अहिले एउटा पर्यटकीय गन्तब्यको रुपमा विकसित हुँदै गएको छ ।

करीब दुई हजार २०० घरधुरी र १५ हजार जनसंख्या रहेको यस क्षेत्रमा सांस्कृतिक विविधताको समिश्रण अर्थात ब्राम्हण, क्षेत्री, गुरुङ, मगर र दलितहरुको बसोबास यहाँ रहेको छ ।

यस वडाका वडाध्यक्ष मोहनप्रसाद बाँस्तोला भन्छन्, ‘काँहुडाँडाको विशेषता शहरको नजिकबाट सुन्दर पोखराको पुरै दृष्यवलोकन गर्न सकिनुका साथै होइन, लालिगुराँसको बोटमा चढेर पनि माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खलाका सुन्दर दृष्य कैद गर्न सकिन्छ ।’ प्राकृतिक सुन्दरतामा रमाउन चाहने जो कोहीका लागि एउटा उत्कृष्ट र आकर्षक गन्तव्य हो काँहुडाँडा ।

यो क्षेत्रको विकासले पर्यटन प्रवद्र्धन हुनाका साथै समृद्ध देश निर्माणको भूमिका निर्वाह गर्न सक्ने भएकाले प्रदेशकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पूर्वाधार विकाससँगै प्रचारप्रसार खाँचो रहेको उनको भनाइ छ ।

ग्रामीण पर्यटनको विकास गर्दै पोखराकै एक दृष्यावलोकनको गन्तव्य निर्माण गरेर यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ब्यापक प्रचारप्रसार गर्न विभिन्न प्रचारात्मक गतिविधिमा जोड दिनुपर्ने वडाध्यक्ष बाँस्तोला बताउँछन् ।

शनिबार र अन्य बिदाका दिनमा चार÷पाँच सय आन्तरिक पर्यटक काँहुडाँडा पुगी काहु धरहराबाट पोखरा महानगरको सुन्दर दृष्यावलोकन गर्ने गरेको उनी बताउँछन् ।

यस क्षेत्रको विकास र प्रचारप्रसारका लागि विसं २०६२ र २०६५ मा काहँु धरहरा महोत्सव समेत गरिनाका साथै यही २०७५ मंसिर २८ देखि पुस ८ सम्म तेस्रो काँहु धरहरा महोत्सव आयोजना गरिने भएको छ ।

यो महोत्सवलाई व्यावसायिक नभई पर्यटकीय महोत्सवका रूपमा लिन लागिएको महोत्सवका प्रचारप्रसार संयोजक एवं स्थानीय दामोदर आचार्य जोड दिन्छन् ।

उनी भन्छन्, ‘महोत्सवलाई नाफाघाटासँग तुलना नगरी सबैको साथ र सहयोगमा काँहु दृश्यावलोकन एक गन्तव्यको रुपमा स्थापित गर्ने हाम्रो उद्देश्य हो ।’

महोत्सव मूल आयोजक समितिका अध्यक्ष देवबहादुर गुरुङ काँहु धरहरा महोत्सवले यस क्षेत्रको विकाससँगै लोक संस्कृतिको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण, स्थानीय सामुदायिक वनमा रहेको जैविक विविधताको संरक्षणमा सहयोगी हुने बताउँछन् । महोत्सवका कारण हुने अर्थोपार्जनले जनस्तरको आम्दानी समेत बढाउने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७