बलिउड गायक मिका पक्राउ, १७ वर्षीया मोडललाई यसो गरेछन्

काठमाडौं, २१ मंसिर । बलिउडका चर्चित गायक मिका सिंह पक्राउ परेका छन् । एक कार्यक्रमका लागि संयुक्त अरब इमिरेट्स (युएई) गएका मिकालाई त्यहिं पक्राउ गरिएको हो ।

एक १७ वर्षीया ब्राजिलियन युवतीलाई यौन उत्पीडन गरेको आरोपमा उनलाई पक्राउ गरिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।
मोडल समेत रहेकी ती युवतीले मिकाले उनलाई अश्लील फोटो पठाएको आरोप लगाएकी छिन् । बुर दुबईमा पक्राउ परेका मिकालाई त्यहाँको प्रहरीले युवतीले लगाएको आरोपका बारेमा सोधपुछ गरिरहेको बताइएको छ । उनलाई त्यहाँको प्रहरीले स्थानिय समय अनुसार विहान ३ बजे पक्राउ गरेको हो ।