क्याथोलिक पादरीलाई मारिदेऊ : फिलिपिनो राष्ट्रपति


२१ मंसिर २०७५, शुक्रबार
filipins 20181206081220

काठमाडौं, २१ मंसिर । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले क्याथोलिक पादरीहरुको हत्या गर्नुपर्ने अभिव्यक्ति दिएका छन् ।

filipins 20181206081220

उनले आफ्नो मुलुकका क्याथोलिक पादरीहरुलाई ‘बेकामी मुर्ख’ भन्दै उनीहरुलाई हत्या गर्नुपर्ने चेतावनी दिएका छन् । भाषणको क्रममा राष्ट्रपति रोड्रिगोले भने, ‘ती मुर्ख र बेकामी पादरीहरुलाई मारिदेऊ ! तिनीहरु आलोचना मात्रै गर्छन् ।’

स्थानीय सरकारी अधिकारीहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रोड्रिगोले फिलिपिन्समा रहेका क्याथोलिक चर्चलाई ‘अति ढोंगी संस्था’ भन्दै आफूले पुज्ने देवता फरक भएको दावी गरेका छन् ।

‘मैले भगवानमा विश्वास गर्दिन भनेर कहिल्यै भनेको छैन । के मात्रै भन्छु भने तिमीहरुका भगवान मुर्ख हुन् । मैले पुज्ने देवता समझदार छन् । मैले पादरीहरुलाई भनेको यही हो । र मैले आफूलाई अनिश्वरवादी पनि कहिल्यै भनेको छैन ।’

फिलिपिन्सको जम्मा १० करोड जनसंख्यामध्ये ९० प्रतिशत जनसंख्या क्याथोलिक रहेको तथ्यांक छ । दुतेर्तेले भने धर्मको विषयमा यसअघि पनि विवादास्पद अभिव्यक्ति दिएका छन् । यसअघि धर्म र ईश्वरमाथि नै आपत्तिजनक अभिव्यक्ति दिएका उनले आलोचना भएपछि आफूले ठट्टा गरेको प्रतिक्रिया दिएका थिए ।

यही डिसेम्बरयता फिलिपिन्समा तीन जना क्याथोलिक पादरीको हत्या भइसकेको छ । यसबीचमा यहाँ क्याथोलिक र विरोधीबीच धार्मिक द्धन्द्ध हुँदै आएको छ । ‘तिनिहरुले हाम्रो समूदायको हत्या गरिरहेका छन्, हाम्रो नै हत्या गरिरहेका छन् । तिनिहरुले हाम्रो आस्थाको हत्या गर्दै छन् । र हाम्रो चर्चमाथि श्राप दिइरहेका छन्’ उनले झण्डै वर्ष दिनअघि भनेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७