थप ६ देशमा राजदूत नियुक्त हुँदै, यी ६ सह-सचिव राजदूतमा सिफारिस


२१ मंसिर २०७५, शुक्रबार
Rajdoot Appointment

काठमाडौं, २१ मंसिर । सरकारले बाँकी ६ देशका लागि राजदूत नियुक्त गर्ने तयारी अगाडि बढाएको छ । परराष्ट्र मन्त्रालयले बाँकी ६ देशमा राजदूत सिफासिको तयारी अगाडि बढाएको छ ।

Rajdoot Appointment

यसअघि मन्त्रालयले चार देशका लागि राजदूत सिफारिस गरिसकेको छ । भृगु ढुङ्गाना क्यानाडा, गणेशप्रसाद ढकाल थाइल्याण्ड, दुर्गाप्रसाद भन्डारी कुवेत र मणि भट्टराई जेनेभास्थित युएन मिसनमा र सहसचिव दीपक अधिकारीलाई फ्रान्सका लागि सिफारिस गर्न लागिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

यता न्युयोर्कस्थित युएन मिसनमा हालै दक्षिण अफ्रिकाबाट बोलाइएका सहसचिव अमृतबहादुर राईलाई सिफारिस गर्ने अन्तिम तयारी भइरहेको स्रोतको दावी छ ।

परराष्ट्र मन्त्रालयले यो प्रस्ताव मन्त्रीपरिषद्मा पठाइसकेको जनाइएको छ । वरिष्ठ सहसचिव भरतराज पौड्याललाई यसअघि न्युयोर्क सिफारिस गर्न लागिएको भए पनि अन्तिममा रोकिएको थियो ।

सिफारिस भएकामध्ये अधिकारी प्रमुख शिष्टाचार महापाल, ढकाल चीन हेर्ने महाशाखा प्रमुख, ढुङ्गाना भारत महाशाखा प्रमुख छन् । यसअघि सिफारिस भएका भारतका लागि राजदूत निलाम्बर आचार्य, युएईका कृष्ण ढकाल, मलेसियाका उदयराज पाण्डे र इजरायलका लागि अन्जान शाक्यको संसदीय सुनुवाइ २३ मंसिरमा हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७