यस्ता थिए प्रचण्डका छोरा प्रकाश दाहाल


७ मंसिर २०७४, बिहीबार
Prakash Dhal 1

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पत्नी सीता दाहालका छोरा प्रकाशको निधन भएको आज पाँच दिन भयो । गत आइतबार हृदयाघातका कारण निधन भएका प्रकाशको १३औँ दिनको कर्म दाहाल परिवारले आजै श्रद्धाञ्जली सभा गरेर टुंग्याउँदै छ । अाजकाे नयाँ पत्रिका दैनिकमा सामाचार छ ।

Prakash Dhal 1

प्रकाशको जीवनलाई फर्किएर हेर्दा धेरै पाटा भेटिन्छन् । उनको खास पाटो राजनीति नै हो । १९ वर्षको उमेरदेखि बाबु र परिवारसँगै युद्धमा होमिएका उनले सधैँ प्रचण्डको सचिवालयमै रहेर काम गरे । युद्धमा उनी जनमुक्ति सेना नै थिए । ०५७ मा पार्टीको पूर्णकालीन सदस्य बनेका थिए ।

१७ असार ०३८ मा चितवनमा जन्मिएका प्रकाशले १२ कक्षा सम्मको पढाइ भारतको पन्जाबबाट पूरा गरे । पढ्दै गर्दा माओवादी युद्ध उत्कर्षमा पुगेपछि उनी पढाइ बिट मारेर बन्दुक समाउन हिँडेका थिए । बाबु प्रचण्डको सचिवालयमा खटिनुअघि जनमुक्ति सेनाको तालिम लिए, हतियार चलाउन सिके । उनको तत्कालीन भूमिकाको माओवादी वृत्तमा अहिले पनि चर्चा हुन्छ ।

पार्टी शान्ति प्रक्रियामा आएपछि पनि अध्यक्ष प्रचण्डको स्वकीय सचिवको भूमिकामा रहे । प्रचण्ड प्रधानमन्त्री हुँदा स्वकीय सचिवको भूमिका सफलतापूर्वक निभाए । पछिल्लो समय सचिवालयलाई चुस्त बनाएको जस प्रकाशलाई मिलेको थियो । भेटघाटलगायत सम्पूर्ण कार्यक्रमलाई व्यवस्थित बनाउन अहोरात्र खटिएका थिए । सचिवालयमा भए पनि उनले नेताको छोरो भएको घमण्ड नदेखाएको नजिक रहेर काम गर्नेहरू बताउँछन् ।

पछिल्लो समय सरल, मिजासिला र जिम्मेवारी बोध गर्ने परिपक्व नेताजस्तो बनेको चर्चा धेरैले गरेका छन् । चार सन्तानमा कान्छा प्रकाशका तीन दिदीमध्ये जेठी ज्ञानुको पनि चार वर्षअघि क्यान्सरका कारण निधन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७