चितवन टाइगर्सलाई ‘टेन्सवर्ग’ को साथ

काठमाडौं, २१ मंसिर । नेपालको प्रतिष्ठित वियर कम्पनीद्वारा उत्पादित टेन्सबर्ग प्रिमियम लागर वियरले तेस्रो एभरेष्ट प्रिमियर लिग टि–२० प्रतियोगितामा चितवन टाइगर्सलाई प्रायोजन गरेको छ ।

नेपालमा क्रिकेट खेलको विकासका लागि चितवन टाइगर्सलाई टेन्सवर्गले मुख्य प्रायोजन गरी सहयोग हात अघि बढाएको नेपाल टाइगर्स ब्रुअरी इण्डष्ट्रिज प्रालिका सेल्स प्रेसिडेन्ट राजेन्द्र गुरुङले बताए ।
उक्त ब्रुअरीका प्रबन्ध निर्देशक प्रेम खड्काको उपस्थितिमा सेल्स प्रेसिडेन्ट गुरुङले चितवन टाइगर्ससँगको साझेदारीमा खुशी व्यक्त गर्नुका साथै प्रतियोगिताको सफलताका लागि शुभकामना व्यक्त गरेका छन् । उनले भविष्यमा पनि खेल जगतको विकासका लागि आफूहरुको सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए ।
मंसिर २२ देखि पुस ७ गते सञ्चालन हुने प्रतियोगितामा चितवन टाइगर्स पृथु बास्कोटाको कप्तानीमा अलराउण्डरा दिपेन्द्र सिंह एैरी, आयरल्याण्डका पल स्टर्लिङ्ग, बेलायतका जोन सिम्पसन तथा जर्ज स्कटलगायतका विदेशी खेलाडीका साथ प्रतिष्पर्धामा उत्रिंदै छ । ‘रोर रोर चितवन टाइगर्स’ को नारासहित खेलाडीहरु प्रतिष्पर्धामा सहभागी हुने जनाइएको छ ।

लाजिम्पाटको एम्बेसी रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा चितवन टाइगर्सका अपरेशन म्यानेजर प्रसन्न शाक्यले टेन्सवर्ग वियरको साझेदारीले निकै गौरवान्वित बनाएको बताउँदै कम्पनीलाई धन्यवाद व्यक्त गरेका छन् ।
सोही अवसरमा ब्रुअरीले परम्परागत विधिमा वियर उत्पादन गर्दै आईरहेको र ग्राहकको सन्तुष्टिमा कमी हुन नदिन टेन्सवर्ग प्रिमियर लागर वियर बजारमा उपलब्ध गराईरहेको जानकारी गराइएको थियो ।