पूर्वमन्त्री पाण्डेसहित २१ जनालाई भ्रष्टाचार मुद्दा


२१ मंसिर २०७५, शुक्रबार
bikram

काठमाडौं, २१ मंसिर । बाँकेस्थित राष्ट्रिय गौरवको आयोजना सिक्टा सिंचाई आयोजनामा अनियमितता गरेको अभियोगमा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

bikram

आयोगले शुक्रबार पूर्वमन्त्री समेत रहेका कालिका कन्स्ट्रक्सनका प्रमुख पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पाण्डेसहित कन्सल्टेन्ट उद्धवराज चौलागाई, चार आयोजना प्रमुख रमेश बस्नेत, दीलिपबहादुर कार्की, सरोजचन्द्र पण्डित र सर्वदेव प्रसादलगायत २१ जनाविरुद्ध मुद्दा दायर भएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् ।

कालिका कन्स्ट्रक्सनले बनाएको सिक्टा सिंचाई आयोजना अन्तर्गतको नहर परीक्षणक्रममा भत्किएको थियो । मन्त्री पाण्डेविरुद्ध अख्तियारले दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रुपैयाँ बिगो दाबी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७