नेपाल आइडलबाट रुदै बाहिरिए अमित बराल


२१ मंसिर २०७५, शुक्रबार
0 Shares
Amit Baral

काठमाडौं, २१ मंसिर । एपीवान टेलिभिजबाट प्रसारण भइरहेको सांगीतिक रियलिटि शो नेपाल आइडल–२ को टप फाइभबाट अमित बराल बाहिरिएका छन् । दर्शको भोटिङ्गका आधारमा बराल शुक्रबार प्रतियोगिताबाट बाहिरिएका हुन् ।

Amit Baral
तस्बिर : अन्नपूर्ण पोष्टबाट



बुटवल सैनामैनाका अमित बराल पनि नेपाल आइडलमा उत्कृष्ट पाँचमा पुगेर बाहिरिएका हुन् । शुक्रबारको सोमा सबैभन्दा बढी भोट पाउने सिट सुमित पाठकले सुरक्षित गरे । ‘परफरमर अफ दी डे’को उपाधि विक्रम बरालले चुमे ।

कार्यक्रमकी उद्घोषक रीमा विश्वकर्माले ‘अमित बरालको नेपाल आइडलको यात्रा यहाँसम्म मात्र’ भन्दै बराल बाहिरिएको सुनाउँदा बराल पछाडि फर्केर आँसु पुछिरहेका थिए ।

शुक्रबार प्रसारित कार्यक्रममा उनले मीनराज पौडेलसँगै ‘खुसी छु म आज’ बोलको गीत गाएका थिए। बिहीबारको कार्यक्रममा उनले ‘कहिले आउँछ होला त्यो दिन’ बोलको गीतमा स्वर दिएका थिए ।

अघिल्लो इपिसोडमा पुस्पन प्रधानको स्वरमा रहेको ‘पन्छी’ बोलको गीत गाएपछि उनको लोकप्रियता चुलिएको थियो। पुस्पनले आफ्नो गीतको विधाता नै अमित भएको भन्दै कार्यक्रममा उद्घोष गरेपछि उनको चर्चा बढेको थियो।

आइडलबाट बाहिरिँदै गर्दा उनले नेपाल आइडललाई आभार व्यक्त गरे। उनले अब यही क्षेत्रमा संघर्ष गर्ने र त्यसका लागि नेपाल आइडलले धेरै अवसर दिएको बताए। ‘हरेक प्रतियोगी अब्बल हुनुहुन्छ, ममा केही कमजोरी भएरै बाहिरिएको होला, अहिले देखिएका कमजोरी सुधार्ने कोसिस गर्छु’, बाहिरिँदै गर्दा उनले भने ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नेपाल आइडलमा आउनुअघि विदेश जाने तयारीमा रहेका अमितले आफू र आफ्नो दाजुको सांगीतिक सपना पूरा गर्न नेपाल आइडल वरदानकै स्वरूपमा आएको बताए।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७