पूर्व वनमन्त्री पाण्डेविरुद्ध भ्रष्टाचारको मुद्दा


२२ मंसिर २०७५, शनिबार
bikram

काठमाडौं, २२ मंसिर । पूर्व वनमन्त्री तथा कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

bikram

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा हालेको हो ।

पाण्डेको कालिका कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको, मूल नहर भत्किएको, डिजाइनमा नै त्रुटि देखिएको अक्तियारको ठहर छ । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७