राष्ट्रपति भण्डारी लुम्बिनीमा


२२ मंसिर २०७५, शनिबार
Bidhya Devi Bhandari

बुटवल, २२ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औं स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष समारोहका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज (शनिबार) लुम्बिनी आउने भएकी छन् ।

Bidhya Devi Bhandari

स्थापना दिवसका अवसरमा उक्त विश्वविद्यालयको नव निर्मित सात वटा भवन पनि उद्घाटन गरिने कार्यक्रम रहेको विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिष्ट्रार तिलक आचार्यले जानकारी दिए ।

विश्वविद्यालयले लुम्बिनी विकास कोष क्षेत्र परिसरभित्र चार र लुम्बिनी नजिकै खडैयामा तीन भवन निर्माण गरेको छ । बौद्ध धर्मको प्रचार प्रसारमा उल्लेखनीय योगदान पुर्‍याउनु हुने नेपालका ख्यातीप्राप्त बौद्ध धर्मका ज्ञाता र विश्वविद्यालयका पूर्व उपकुलपतिका साथै पूर्व रजिष्ट्रारलाई सम्मान पनि गरिने निमित्त उपकुलपति आचार्यले जानकारी दिए ।

विशेष समारोहमा प्रदेश नं ५ का प्रमुख उमाकान्त झा, संघीय सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेल, संस्कृतिमन्त्री रवीन्द्र अधिकारीलगायतको सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७