बाबुबाट पैसा नपाएपछि घर छाडेकी युवती मृत फेला


२२ मंसिर २०७५, शनिबार
death मृत्यु
फाइल तस्बिर

पर्वत, २२ मंसिर । पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीकी एक युवतीको शव स्याङ्जाको मिर्मीमा फेला परेको छ ।

death मृत्यु
फाइल तस्बिर

मंसिर ९ गतेदेखि बेपत्ता १७ वर्षीया मेनुका श्रेष्ठको शव कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याममा शुक्रबार फेला परेको हो ।

उनको खोजी गर्दै जाँदा हराएको १३ दिनपछि सडेको अवस्था शव भेटिएको विहादी–३ का वडाध्यक्ष रणबहादुर आलेले जानकारी दिए । उक्त शव पोष्टमार्टमका लागि वालिङ पठाइएको छ ।

मिर्मीमा होटल व्यवसाय गर्दै आएका रतनबहादुर कुँवरले शुक्रबार बिहान ड्याममा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । पारिवारिक स्रोतका अनुसार मृतक श्रेष्ठले बाबुसँंग पैसा मागेकीमा नपाएपछि उनी घरबाट बेपत्ता भएकी थिइन् ।

त्यही झोकमा उनले कालीगण्डकी नदीमा हामफालेर आत्माहत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । मृतक गुल्मीको पुर्तिघाटस्थित जीवनउद्धार मावि कक्षा ११ को विद्यार्थी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७