६ जना युवाबाट पाँच वर्षीया बालिका बलात्कृत


२२ मंसिर २०७५, शनिबार
rape 2

बुटवल, २२ मंसिर । रुपन्देहीमा ५ बर्षीया बालिकाको सामुहिक बलात्कार भएको छ । गए राति रुपेन्देहीमा ५ बर्षीया बालिका सामुहिक बलात्कारको शिकार भएकी हुन् ।

rape 2

देवदह नगरपालिका खैरेनी बजारकी दलित समुदायकी ५ बर्षिया बालिकामाथि शुक्रबार राति ६ जना युवाद्धारा सामूहिक बलात्कार भएको हो ।

६ जनामध्ये सामुहिक बलात्कारको आरोपमा गए राति नै प्रहरीले देवदह नगरपालिका–६ का २२ बर्षीय लक्ष्मण बिक र वडा ७ का १८ बर्षीय जीवन खत्रीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।

रक्ताश्रावले आशक्त ती वालिकाको लुम्विनी अञ्चल अस्पतालमा उपचार भई रहेको र अहिले उनको होस खुलेर बोल्न थालेको प्रहरी निरीक्षक घर्तीले जानकारी दिए ।

पक्राउ परेका ती दुई जनाले बलात्कार गरेको स्वीकार गरेको र अन्य चार जनाको खोजी कार्य जारी रहेको उनले जानकारी दिए । ती वालिकाकी आमा सुत्केरी भएर माईतीमा बाबुले छोड्न गएकोले एक्लै घरमा रहेको बेला घर नजिकैको टहरोमा लगेर ती युवाहरुले बलात्कार गरेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७