भक्तपुर नमूना बनाएर देखाउँछु : सांसद बस्नेत


२२ मंसिर २०७५, शनिबार
0 Shares
bhaktapur

भक्तपुर, २२ मंसिर । प्रतिनिधिसभाका सदस्य एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले चार वर्षमा भक्तपुरलाई नमुना जिल्ला बनाउने उद्घोष गरेका छन् ।

bhaktapur

निर्वाचित भएको एक वर्ष पूरा भएको सन्दर्भमा उनले आफूले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेको एक वर्षे कार्यकाल भक्तपुरको विकास र समृद्धिका लागि खर्चेको बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

गत असार २७ गते बाढीबाट डुबानमा भएको क्षति न्यूनीकरण गर्न भूमिका निर्वाह गरेको, रु ८१ करोडको लागतमा हनुमन्ते करिडोरको पहिलो चरणको कार्य थालनी भएको, ढल व्यवस्थापनदेखि सौर्य बत्ती जडानको अभियान शुरु गरेको, हनुमन्ते नदी सरसफाइ अभियानले ४० हप्ता पार गरेको र अरनिको राजमार्ग व्यवस्थित तथा सुरक्षित बनाउन राजमार्ग सरसफाइ अभियान सञ्चालन गरेर उपलब्धि गरेको जानकारी गराए ।

आफ्नो एक वर्षे कार्यकालमा मध्यपुरथिमिको गठ्ठाघरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने निर्णय हुनु, कोटेश्वर र साँगामा सुरुङमार्ग निर्माण प्रक्रिया अगाडि बढ्नु, पेप्सीकोला–सल्लाघारी २० मिटरको सडक निर्माण, सूर्य विनायकदेखि धुलिखेलसम्मको छ लेनको सडकलगायत सडक सञ्जाल निर्माणकार्य अगाडि बढ्नु, मनोहरा खोलामा तीन तथा हनुमन्ते नदीमा पाँच वटा पुल निर्माण तथा जिल्लामा विभिन्न नौ पुल र तीन झोलुङ्गे पुल, चार ट्रष्टब्रिज बनाउने कार्य अगाडि बढ्नु आफ्नो कार्यकालको उपलब्धि भएको सांसद बस्नेतले दाबी गरेका छन् ।

jagdamba.cement
rbbbb

उनले विश्वसम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण र मध्यपुरथिमिको बालकुमारी, चपाचो, बोडे, नगदेश तथा सूर्य विनायकको सम्पदा एवं बस्ती व्यवस्थापन गर्न स्रोत व्यवस्थापन गर्न आफूले पहल गरेको बताउँदै भूकम्पबाट क्षतिग्रस्त १४ विद्यालय र २२ मठमन्दिर, गुम्बा निर्माण प्रक्रियालगायत अगाडि बढेको बताए ।

चालू आर्थिक वर्षका लागि सांसद विकास कोषको लागि विनियोजित रु चार करोड रकम भक्तपुर क्षेत्र नं २ अन्तर्गतका दुई नगरपालिका सूर्य विनायक तथा मध्यपुरका विभिन्न क्षेत्रको भौतिक विकासका निम्ति समानुपातिक रूपमा विनियोजन गरिएको उल्लेख गर्दै उनले आगामी चार वर्षमा भक्तपुरको विकासमा आफ्नो समय खर्चने अठोट व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७