एईसीसी ग्लोबल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अग्रवाल पक्राउ


२२ मंसिर २०७५, शनिबार
0 Shares
sonu agrawal

काठमाडौं, २२ मंसिर । एईसीसी ग्लोबल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सोनु अग्रवाल पक्राउ परेका छन् । उनी ठगी र बैंकिङ कसुरसम्बन्धी अभियोगमा पक्राउ परेका हुन् ।

sonu agrawal

कन्सल्टेन्सीमा २५ प्रतिशत स्वामित्व रहेका सचिन उपाध्यायले सोनु अग्रवालका दाजु रञ्जित अग्रवालविरुद्ध ठगी अभियोगमा जाहेरी दिएका थिए । प्रहरी बृत्त कालिमाटीबाट खटिएको टोलीले अग्रवालको घर पुग्दा सोनुले आफू नै रञ्जित भएको दावी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

तर, बृत्तमा ल्याएर केरकार गर्दा उनी रञ्जित नभई सोनु भएको खुलेको थियो । कालिमाटी वृत्तका डीएसपी देबेन्द्रबहादुर पालले भने, पासपोर्ट चेक गर्दा उनी नेपाली मूलका अष्ट्रेलियन नागरिक सोनु अग्रवाल रहेको खुल्यो ।’

सोनु एइसीसी ग्लोबलका प्रबन्ध निर्देशक हुन् भने उनका दाजु रञ्जित नेपालका कन्ट्री हेड हुन् ।

jagdamba.cement
rbbbb

रञ्जितले पूर्वकन्ट्री हेड सचिन उपाध्यायलाई दिएको १० लाखको चेक नक्कली भेटिएपछि प्रहरीले उनलाई बैंकिङ कसुरमा पक्राउ गर्न खोजेको थियो । तर, सोनुले दाजुलाई भगाएर आफू नै रञ्जित भएको गलत बयान दिँदै सँगै उनी पक्राउ परेका छन् ।

अष्ट्रेलियाको मेलवर्नमा मुख्यालय रहेको यो कम्पनीका संस्थापक हुन् बिद्यार्थीका रुपमा अष्ट्रेलिया पुगेका सोनु अग्रवाल र सौरभ बैद्य । केही महिनाअगाडि दुई पार्टनरवीच सुरु भएको विवाद अहिले नेपालको अदालत र प्रहरीसम्म पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७