चक्रपथ सरसफाई, २३ टन फोहोर व्यवस्थापन


२२ मंसिर २०७५, शनिबार
0 Shares
safai

काठमाडौं, २२ मंसिर । मौसम मापकयन्त्रले आज बिहान अहिलसम्ममा यस वर्षकै सबैभन्दा बढी न्यूनतम् तापक्रम भएको देखाए पनि बिहान ७ बजेदेखि शुरु हुने उपत्यकाका नदी र चक्रपथ सफाइ अभियानमा सहभागीको संख्या उल्लेख्य देखिन्थ्यो ।

safai
हनुमन्ते सफाई अभियानको ४१ औँ हप्ता तथा अरनिको राजमार्ग एक महिने सफाई अभियानको १७ औँ दिन आज अरनिको राजमार्ग सफाईको क्रममा प्रतिवद्धता जाहेर गर्दै प्रतिनिधिसभा सांसद महेश बस्नेत, प्रदेश सांसद शशीजंग थापा, संयोजक सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत । तस्बिर : रासस

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज २३ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २९१ औँ हप्तामा बुद्धनगरस्थित रुद्रमती दोभान क्षेत्रको फलामे पुल वरपर सफाइ गरियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २८ संस्थाका ६०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिइन् । सफाइमा शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलगायत अभियानकर्मीले सहभागिता जनाएका थिए ।

jagdamba.cement
rbbbb

ब्लु क्रस अस्पताल त्रिपुरेश्वर एम्बुलेन्ससहित, नेपाल सिर्जनशील समाज, बक्रेश्वर बचत तथा ऋण सहकारी डिल्लीबजार, पहिलो पाइला, फोहर उन्मूलन उपभोक्ता समिति सिनामङ्गल, महानगरीय दङ्गा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वर, प्राकृतिक प्रकोप तथा भूकम्प प्रभावित उद्धार समाज, युरेसिया रेयुकाइ सानेपा, युएनपार्क प्रयोगशाला, गायत्री परिवार, बाल सारथी बागेश्वरी, जीवन विज्ञान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाँकाल, पाठशाला नेपाल बानेश्वर, सिस्नुपानी नेपाल, हलेसी डेकोरलगायतको सफाइमा संस्थागत सहभागिता थियो ।

रुद्रमती सफाइको २४६ हप्ता पनि आज वाग्मती सफाइ महाअभियानसँगै दुवै नदीको दोभान क्षेत्रमा गरिएको अभियानकर्मी रोतिह गिरीले जानकारी दिए । अर्को हप्ता २९२ औँ हप्ताको वाग्मती सफाइ महाअभियान र २४७ औँ हप्ताको रुद्रमती सफाइ अभियान पनि दुवै नदीको दोभान क्षेत्रमै गरिने उनले सुनाए ।

मुहानबाट नै वाग्मती सफाइ अभियान सञ्चालन गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले २५२ हप्ताको सफाइ पशुपति क्षेत्रमा गर्‍यो । सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

कुहिने करीब दुई मेट्रिक टन फोहर खाडल खनेर पुरी नकुहिने फोहर महानगरपालिका–८ ले व्यवस्थापन गरेको थियो । अभियानले सफाइमा आउँदा घरको फोहर घरमै व्यवस्थापन गर्न आह्वान गरिएको अभियानकर्मी उत्तम पुडासैनीले बताए ।

विष्णुमती सफाइ अभियानको २१८ औँ हप्तामा टोखा नगरपालिका–९ स्थित आनन्दटोल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । यस क्षेत्रमा मेलम्चीका पानी वितरणका लागि पाइप बिच्छ्याउन सडक खन्दा कालोपत्र नदेखिने गरी माटोले पुरेको भेटिएको अभियानकर्मी शोभाकान्त पाण्डेले बताए ।

आजको सफाइका क्रममा सडकमा हिँड्दै गरेको कार नदीमा खसेपछि सफाइमा सहभागी अभियानकर्मीले उद्धार गरी अस्पताल पठाएको जानकारी पनि उनले दिए ।

सुन्दरीघाट चोभार क्षेत्रको वाग्मती सफाइको १०१ औँ हप्तामा १०० स्थानीयवासीले त्यस क्षेत्रको सफाइ गरेका छन् । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक चित्र सुनुवारले जानकारी दिए ।

मनोहरा सफाइको ९१ औँ हप्तामा महानगरपालिकाको ३२ नं वडास्थित बिपी कोइराला आँखा अस्पताल अघिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीय सामाजिक संस्थासहित १०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको सफाइ संयोजक चन्द्रप्रसाद दङ्गालले जानकारी दिए ।

चक्रपथ सफाइको ८७ औँ हप्तामा नयाँ बालाजु चोकबाट माछापोखरीबीचको गङ्गा हल क्षेत्रमा सफाइ गरियो । तीन वटै सुरक्षा निकाय, महानगरपालिका, अभियानकर्मी र स्थानीयवासी गरी ३५० भन्दा बढीले गरेको सफाइबाट १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी लोकबहादुर टण्डनले जानकारी दिए ।

आलोकनगर सफाइ अभियानले ८७ औँ हप्ताको सफाइ त्यस क्षेत्रमा गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइका क्रममा पैदलयात्रीका लागि राखिएको डष्टबिनमा स्थानीयवासीले फोहर हालेको भेटिएको संयोजक प्रमिला पौडेलले जानकारी दिइन् ।

चक्रपथ बाफल खण्डको ६९ औँ हप्तामा स्वयम्भू क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २५० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।

महानगरपालिकाको शहरी सौन्दर्य प्रवद्र्धन अभियान
महानगरपालिकाले ‘शहरी सौन्दर्य प्रवर्धन सघाउ अभियान’ लाई निरन्तरता दिएको छ । काठमाडौँ महानगरपालिकाले मंसिर ८ गतेदेखि अभियान शुरु गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले महानगरपालिकाले शुरु गरेको सफाइ अभियानलाई साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन् । ‘बन्दै गरेका भौतिक संरचना निर्माण सामग्री राख्दा शहरको सौन्दर्यीकरणमा केही समस्या भएको छ’, उनले भने ।

मन्त्री महासेठले राजधानी भित्रिने नाकाबाट आएको धूलोका कारण पनि महानगर फोहर भएको उल्लेख गर्दै जेठ मसान्तासम्म ठीक हुने दाबी गरे । कलङ्की–नागढुङ्गाको त्यस बेलासम्म बनिसक्ने उनको भनाइ थियो ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धरहरा, दरबार हाइस्कुल, वीर अस्पताल र रत्नपार्कमा संरचना निर्माण भइरहेकाले प्रदूषण बढेको बताए । यी सामग्री ढुवानी गर्ने साधनले जथाभावी धूलो, गिट्टी, बालुवा नझार्ने हो र ठेकेदारले पनि ध्यान दिने हो भने महानगर सफा राख्ने अभियान सफल हुने उनको भनाइ थियो ।

सफाइकै लागि पाँच वटा ब्रुमर ल्याउन लागिएको उनले सुनाए । उपप्रमुख हरिप्रभा खड्गीले विकास जादूको छडी जस्तो नभएको उल्लेख गर्दै विस्तारै विकासको अभियान अघि बढ्ने बताइन् ।

आज दुई चरणमा सफाइ अभियान सञ्चालन गरिएको थियो । शान्तिबाटिकाबाट मन्त्री महासेठ, प्रमुख शाक्य र उपप्रमुख खड्गीले सफाइ अभियानको शुरुआत गरेका थिए ।

शान्तिबाटिकाबाट भोटाहिटी, जमल हुँदै महाराजगञ्जतिर अघि बढेको थियो । दोस्रो चरणको अभियान महाराजगञ्जबाट शिक्षण अस्पताल हुँदै लाजिम्पाट आएको थियो ।

सफाइका क्रममा सडकपेटिमा रहेका र्‍याम्प हटाएर सडकको ढल तथा साइट ड्रेन जेट मेशिनले सफा गर्ने, अव्यवस्थित रुपमा रहेका केवल, विद्युत, टेलिफोन तथा केवलका पोल तथा तार, खानेपानीका पाइप, निर्माणजन्य फोहर हटाउने, सडकमा मार्किङ गर्ने तथा मर्मत गर्ने काम भएका थिए ।

आजको सफाइका लागि पाँच वटा जेट, दुई वटा ब्रमुर, दुई वटा स्काभेटर र तीन वटा फोहर सङ्कलन गर्ने सवारी साधनको प्रयोग भएको थियो ।

विसं २०७० जेठ ५ गते वाग्मतीबाट शुरु भएको सफाइ अभियान हाल देशका १०० भन्दा बढी स्थानमा फैलिएको छ । सफाइबाट २० हजार मेट्रिक टन फोहर व्यवस्थापन भइसकेको सफाइ महाअभियानले जनाएको छ ।

अधिकार सम्पन्न वाग्मती एवं उपत्यकाका अन्य नगरपालिकाले नदी फोहर गर्नेलाई कानूनी कारवाहीको दायरमा नल्याउँदा अभियान सामाजिक सञ्जालमा मात्र फस्टाएको आरोप लाग्ने गरेको छ ।

अधिकार सम्पन्न वाग्मतीले नदीको मुहान क्षेत्रकै किनारमा खोलिएका सुँगुर बङ्गुर फार्म बन्द गर्न नसक्दा माथिबाटै नदी फोहर हुने गरेको छ । सरकारले विसं २०७५ लाई सरसफाइ वर्षका रुपमा घोषणा गरे पनि कुनै प्रभावकारी कार्यक्रम ल्याउन नसकेको अभियानकर्मीको भनाइ छ । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७