नेकपाका चार शीर्ष नेताले गरे सचिवालय बैठक बहिष्कार

काठमाडौं, २२ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चार शीर्ष नेताले आज (शनिबार) को सचिवालय बैठक बहिष्कार गरेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवत्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बहिष्कार गरेका हुन् । नेकपा सचिवालय बैठक अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको थियो ।
तर, समयमै शुरु नभएको भन्दै नेताहरु बैठक छोडेर हिंडेका हुन् । यसबारे सोध्दा प्रवक्ता श्रेष्ठले आफूले सँधै समयको पालना हुनुपर्नेमा जोड दिँदै आएको बताएका छन् ।
अरु कार्यक्रम र बैठकहरुमा निर्धारित समयमा पुग्ने र १५ मिनेटसम्म शुरु नभए हिड्ने गरेको भन्दै उनले भने, ‘आज पनि २० मिनेट कुरेँ । बैठक सुरु नभएपछि हिँडेको हुँ ।’