श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाट बाहिरिइन्


२२ मंसिर २०७५, शनिबार
7 Shares
Shrinkhala Khatiwada

काठमाडौं, २२ मंसिर । मिस नेपाल श्रृखला खतिवडा मिस वर्ल्ड –२०१८ को टप १२ बाट बाहिरिएकी छिन् ।

Shrinkhala Khatiwada

‘मल्टिमिडिया प्रयोग’तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा पुग्न सफल भएकी टप १२ सम्म पुगेर प्रतियोगिताबाट बाहिरिएकी हुन् । नेपाली चेली मिस वर्ल्डमा सहभागी भएर १२० प्रतिस्पर्धीमध्ये उत्कृष्ट १२ मा पर्न सफल भएको यो पहिलोपटक हो।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

श्रृखला एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् ।

मिस वल्र्डमा यस पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् ।

तुलनात्मक रुपमा श्रृङ्खला यसपालीका सहभागीहरु मध्ये सबैभन्दा क्षमतावान् प्रतियोगी भएको बिश्लेषण भएको थियो । सामाजिक सञ्जाल र विदेशी अनलाइन मिडियाहरुमा उनले उपाधि जित्ने दाबी गरिएको थियो ।

चीनको सान्यामा भइरहेको ‘मिस वर्ल्ड’ प्रतियोगितामा शृंखला खतिवडाले दुई विधागत अवार्ड जितेकी थिइन् ।

jagdamba.cement
rbbbb
miss nepal 2018

सोमबार साँझ भएको घोषणामा शृंखलाले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ जितेकी हुन्। मिस वल्र्डको टप ३० मा पर्नका लागि महत्वपूर्ण मानिने फास्ट ट्रयाक इभेन्टअन्तर्गत उनले सातमध्ये दुई अवार्ड जितेकी हुन्।

आइतबार घोषणा भएको ‘हेड टू हेड च्यालेन्ज’मा भने शृंखला दोस्रो चरणमा सिंगापुरे सुन्दरीबाट पराजित भएकी थिइन्।


मिस वर्ल्डमा धेरै नै महत्वका साथ हेरिने ब्युटी विद पर्पजमा शृंखलाले बनाएको भिडियो २५ प्रतिस्पर्धीलाई उछिन्दै पहिलो भएको हो। विश्वभरका १ सय १८ देशका सुन्दरीले मिस वर्ल्डमा भिडियो लिएर गएका थिए।

आयोजकले १ सय १८ मध्येबाट २५ भिडियो सर्टलिस्ट गरेका थिए।  यसरी छानिएका २५ मध्ये शृंखलाले बनाएको भिडियो उत्कृष्ट भएको हो।

शृंखलाले मकवानपुरको चेपाङ बस्तीमा स्वास्थ्य चौकीको आवश्यकता र स्वास्थ्य चौकीले त्यो समुदायमा आएको परिवर्तनलाई भिडियोमा कैद गरेकी थिइन्। सिसन बानियाँले शृंखलालाई भिडियो निर्माणमा सघाएका थिए। 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७