मेक्सीकोकी सुन्दरी भनिसाले जितिन् मिस वर्ल्ड २०१८


२२ मंसिर २०७५, शनिबार
Miss World 2018 winner

सान्या, मंसिर २२ । मेक्सिकोले यस वर्षको मिस वर्ल्डको २०१८ को उपाधि जितेको छ । मेक्सिकोका लागि भनिसा पोन्सले उपाधि जितेकी हुन् ।

Miss World 2018 winner
तस्बिर : मिस वर्ल्ड डटकम



चीनको सान्यमा सम्पन्न प्रतियोगितामा २६ वर्षिया मिस मेक्सिको भनिसा बेलारूस, यूगाण्डा, जमाइका तथा थाइल्यान्डका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन् । उनी पेसाले मोडल हुन् ।

मेरिकी क्षेत्रबाट टप १२ मा पर्दै फाइनल यात्रा गरेकी पोन्सले मिस वर्ल्डको ताज पहिरन सफल भएकी हुन्। उनी ग्लोबल भोटमा थाइल्यान्डसँग पछि परेपनि निर्णायकको मन जित्दै मिस वर्ल्ड बनेकी हुन् । मिस थाइल्यान्ड रनर अप हुन सफल भइन् ।

Miss World 2018 is

तस्बिर : मिस वर्ल्ड डटकम



मिस नेपाल श्रृखला खतिवडा मिस वल्र्ड–२०१८ को टप १२ बाट बाहिरिएकी छिन् । ‘मल्टिमिडिया प्रयोग’तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा पुग्न सफल भएकी टप १२ सम्म पुगेर प्रतियोगिताबाट बाहिरिएकी हुन् ।

नेपाली चेली मिस वर्ल्डमा सहभागी भएर १२० प्रतिस्पर्धीमध्ये उत्कृष्ट १२ मा पर्न सफल भएको यो पहिलोपटक हो।

श्रृखला एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७