ताप्लेजुङ सरोकार केन्द्रमा नयाँ नेतृत्व, अध्यक्षमा चित्रगुप्त साँवा


२२ मंसिर २०७५, शनिबार
Chitra Gupta Shawa

काठमाडौं, २२ मंसिर : ताप्लेजुङ जिल्लाको समग्र बिकासमा क्रियाशिल संस्था ताप्लेजुङ सरोकार केन्द्रमा नयाँ नेतृत्व आएको छ । चित्रगुप्त साँवा लिम्बुको नेतृत्वमा ३३ सदस्सीय नयाँ नेतृत्व सर्बसम्मत चयन भएको हो ।

Chitra Gupta Shawa



केन्द्रको शनिबार राजधानीमा सम्पन्न १३ औं साधरण सभा तथा तेश्रो अधिवेशनले साँवालाई अध्यक्षमा सर्बसम्मच चयन गरेको हो । ताप्लेजुङ सरोकार केन्द्र ताप्लेजुङ स्थायी घर भई काठमाडौंमा बसोबास गर्ने जिल्लावासीहरुको साझा संस्था हो ।

संस्थाको उपाध्यक्षमा टंकप्रसाद श्रेष्ठ, वलवहादुर तामाङ, ईश्वरी पौडेल, र रङ्गनाथ भट्टराई चयन भएका छन् । यसैगरी महासचिवमा नन्दु वनेम चयन भएका छन् भने, उपमहासचिवमा सन्तोष मादेन, पर्शुराम आङवुहाङ र गृष्मकुमार आङवुहाङ चयन भए । सचिवमा ज्ञानु ईजम, रणवहादुर खड्का, सरिता काफ्ले पदमजङ आङवुहाङ र वुद्दीमान परियार चयन भए । कोषाध्यक्षमा मिङमा डण्डु लामा चयन भए ।

Taplejung 1


यसैगरी सदस्यहरुमा माधव प्रधान, त्रिवेणी चोङवाङ, पि.के शेर्पा, मदनकुमार श्रेष्ठ, असोकप्यासी राई, मोहन योञ्जन, भक्ति भट्टराई, लेखनाथ गौतम, लोजोक लामा, लोकमणी मेन्याङवो र सुसन साम्सोहाङ चयन भए ।

यसैगरी सदस्यहरुमा कमला आङवुहाङ, चुडामणी गिरी, अनिल खड्का, दिर्घ खड्का, महेन्द्र पालुङवा, ठाकुर दाहाल, मलिसा यक्सो र हिमा कडरिया चयन भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७