नेकपाका शीर्ष नेताबीचमै कित्ताकाटः बालुवाटारमै झोक्किएर हिंडे चार नेता

काठमाडौं, २३ मंसिर । सांगठनिक एकीकरणलाई लिएर शुरु भएको नेपाल कम्युनिष्ट पार्टीको विवाद शीर्ष नेताबीच नै विभाजित हुने अवस्थामा आइपुगेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एकलौटी रुपमा पेलेर अगाडि बढेको आरोप लगाई सचिवालयका चार नेता समयमै बैठक नभएकाले सहभागी नै नभई बाहिरिएका हुन् ।
प्रदेशको पदाधिकारी र प्रदेश कमिटी चयनमा अध्यक्षद्वय ओली र प्रचण्डले एकलौटी निर्णय गरेको भन्दै वरिष्ट नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम र नारायणकाजी श्रेष्ठ शनिबारको सचिवालय बैठकमा सहभागी भएनन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।