बैठक प्रधानमन्त्री निवासमा होइन, पार्टी कार्यालयमा बस्नुपर्छ : वामदेव गौतम


२३ मंसिर २०७५, आईतवार
bamdev gautam

काठमाडौं, २३ मंसिर । पार्टीको बैठक बोलाउने, पटक पटक स्थगित गर्ने र बैठक बस्ने दिन पनि पर्खाएर अपमान गर्ने परम्परा बसेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार शीर्ष नेताले केन्द्रीय सचिवालय बैठक बहिष्कार गरेका छन् ।

Bamdev Gautam 2

प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बोलाइएको बैठकमा पनि कुराएर अपमान गरिएको भन्दै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बहिष्कार गरेका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

यसै सन्दर्भमा नेकपाका वरिष्ठ नेता वामदेव गौतमसँग नयाँ पत्रिकाले गरेको संक्षिप्त कुराकानीको केही अंशः

सरकारीनिवास बालुवाटारमा बैठक बसेकोमा पनि आपत्ति हो ?

शनिबार हामीले त्यो कुरा उठाउन पाएनौँ । तर, भविष्यमा उठाइनेछ । हरेक बैठक प्रधानमन्त्री निवासमा हुन सक्दैन, पार्टी कार्यालयमै बस्नुपर्छ भन्ने मेरो मान्यता हो । आगामी सचिवालय बैठकमा म यो कुरा राख्छु ।

प्रधानमन्त्री शक्तिशाली हुनुहुन्छ, प्रधानमन्त्रीकै अध्यक्षतामा प्रधानमन्त्री निवासमा बैठक बस्छ, अनि अनेक हिसाबले त्यो प्रभावित हुने स्थिति पार्टी कार्यालयमा बस्दा हुने छैन, त्यसैले पार्टी कार्यालयमै बैठक बस्नुपर्छ । प्रधानमन्त्री पार्टी कार्यालय जान सक्नुभएन भने अर्को अध्यक्षको नेतृत्वमा बस्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७