सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा, आज पहिलोपल्ट प्रदेश परिषद्को बैठक


२३ मंसिर २०७५, आईतवार
0 Shares
7pradesh

काठमाडौं, २३ मंसिर । नेपालमा पहिलोपल्ट अन्तर प्रदेश परिषद् बैठक आज (आइतबार) बस्दैछ । सिंहदरबारमा बस्ने वैठकमा सहभागी हुने सातै प्रदेशमा मुख्यमन्त्रीहरु राजधानी आइसकेका छन् ।

7pradesh

प्रदेश सरकार गठनको १० महिनापछि प्रदेश परिषद् बैठक बस्न लागेको हो। प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बस्ने बैठकका लागि सातै प्रदेशका मुख्यमन्त्रीसहित ८० जनाभन्दा बढीलाई निम्ता पठाइएको जनाइएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहान ११ बजे बोलाइएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवसहित केन्द्र सरकारका मन्त्री, राज्यमन्त्री, सचिव, योजना आयोगका उपाध्यक्ष, महान्यायाधिवक्ता, महालेखा परीक्षक लगायतका सरकारी अधिकारी सहभागी हुँदैछन् ।

बैठकमा संघ र प्रदेशबीचको वित्तीय व्यवस्थापन, बजेट खर्च, आवश्यक कानुन निर्माणलगायत विषयमा छलफल हुने कार्यक्रम छ । बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्री शनिबारै संघीय राजधानी आएका हुन् । संविधानमा परिषद् बैठकमा प्रधानमन्त्री, केन्द्र सरकारका गृह र अर्थमन्त्री तथा मुख्यमन्त्रीहरूको सहभागिता रहने व्यवस्था छ ।

jagdamba.cement
rbbbb

बैठकबाट संघ र प्रदेशबीचको वित्तीय व्यवस्थापन, बजेट खर्च, विकास योजनाको कार्यान्वयन, योजना हस्तान्तरण, कार्यालय हस्तान्तरण, संगठन संरचना, कर्मचारी समायोजन, प्रहरी प्रशासनको परिचालन, आवश्यक कानुन निर्माणजस्ता दर्जनौं विषयमा ठोस निष्कर्ष आउने अपेक्षा गरिएको छ ।
यो बैठकपछि प्रदेश सरकारलाई काममा परेको अप्ठ्यारो फुक्ने आशा प्रदेशका मुख्यमन्त्रीहरुको छ।

केन्द्र सरकारले आवश्यक संघीय कानुन नबनाई दिँदा, कर्मचारी तथा भौतिक संरचना हस्तान्तरण नगर्दा प्रदेश सरकारले सहज ढगले काम गर्न सकेका छैनन् । प्रदेशका मुख्यमन्त्रीहरूले संघ सरकारप्रति असन्तुष्टि पोख्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७