तिम्सिना बने प्रदेश–१ कै उत्कृष्ट प्रहरी

पाँचथर, २३ मंसिर । जिल्ला ट्राफिक कार्यालय पाँचथरमा कार्यरत ट्राफिक प्रमुख जनक तिमल्सिना प्रदेश–१ कै उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

प्रहरी संगठनमा रहेर इमान्दारीताका साथ उत्कृष्ट काम गरेको मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश विराटनगरले तिमल्सिनालाई उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत गरेको हो ।
संगठनको लागि भौतिक पुर्वधार निर्माण, ट्राफिक व्यवस्थापन र सडक दुर्घटना न्यूनिकरणमा तिम्सिनाको योगदान महत्वपूर्ण रहेकोले उत्कृष्ट प्रहरीको रुपमा तिमल्सिनालाई घोषित गरिएको डीआईजी केदार रिजालले जानकारी दिएका छन् ।
उत्कृष्ट प्रहरी बन्न सफल तिम्सिनाले प्रदेश–१ कै उत्कृष्ट प्रहरी घोषित हुँदा खुशी लागेको बताउँदै आउँदा दिनमा पनि संगठनको मर्यादाभित्र रहेर नागरिकको सेवामा खटिरहने बताए । उनी २०५३ सालदेखि प्रहरी सेवामा प्रवेश गरेका हुन् ।