गड्डाचौकी नाकाबाट सय महिलाको उद्धार


२३ मंसिर २०७५, आईतवार
mahila ko udhar

कञ्चनपुर, २३ मंसिर । पश्चिमी नाका गड्डाचौकीबाट सय महिला तथा बालबालिकाको उद्धार गरिएको छ ।

mahila ko udhar
फाइल फोटो

माइती नेपालका अनुसार एक वर्षको अवधिमा २४ बालक, ७१ बालिका र १०० महिलाको उद्धार गरिएको छ । संयोजक महेश्वरी भट्टले सन् २०१८ को अवधिमा माइती नेपालले जिल्लाको पश्चिमी सीमा नाकाबाट भारत जान लागेका बालकबालिका र महिलाको उद्धार गरी घर परिवारको जिम्मा लगाएको बताए ।

उनका अनुसार गड्डाचौकी र दोधाराचाँदनी झोलुङ्गे पुलमा माइती नेपालको सूचना केन्द्रमार्फत उनीहरुको उद्धार गरिएको होे ।

विभिन्न बहानामा दलालले बेच्नका लागि उक्त नाका भएर भारत लाने क्रममा सोधपुछ गरी जोखिममा रहेकाको विश्लेषणपश्चात् घरपरिवारको जिम्मा लगाइएको संयोजक भट्टले बताए । माइती नेपालको तथ्याङ्कअनुसार ४९ जिल्लाका महिला र बालबालिकाको उक्त नाकाबाट रोकथाम गरिएको छ ।

उद्धार गरिएका जम्मा २०० मध्ये ११२ जना सुदूरपश्चिम प्रदेशकै रहेका छन् । सबैभन्दा बढी कञ्चनपुर र कैलाली तथा सबैभन्दा कम डोटीका छन् । कञ्चनपुरका ३७, कैलालीका ३२, अछामका १९, बैतडी र बाजुराका ६–६, डोटी एक, बझाङ दुई, डडेल्धुरा चार र दार्चुलाका पाँच जनालाई उद्धार गरिएको छ ।

एक वर्षको अवधिमा सीमा क्षेत्रबाट सबैभन्दा बढी भारत जान लागेका १६७, इरान १५, किर्गिस्थान ११, अस्टे«लिया चार, पोल्याण्ड, दुबई र कुबेत एक-एक जनाको सीमा क्षेत्रमा बेचिनबाट जोगिएका छन् ।

माइती नेपालले एक वर्षको अवधिमा भारतका विभिन्न स्थानबाट बेचबिखनको जोखिममा रहेका १० जनाको समेत उद्धार गरी घरपरिवारलाई बुझाएको छ । भारतका मुख्य शहर पञ्चाब, दिल्ली र मद्रासबाट दुई–दुई तथा हैदरवाद, खटिमा, बैङलोर र पुनाबाट एक–एक जनाको उद्धार गरिएको थियो ।

सो अवधिमा माइती नेपाल कञ्चनपुरमा १५८ हराएकामध्ये २९ जना फेला परेका थिए । यसैगरी २३ घरेलु हिंसाका उजुरीमध्ये १७ मिलापत्र, तीन जबरजस्ती करणी र दुई मानव बेचबिखनविरुद्ध माइती नेपालमार्फत मुद्दा दायर गरिएका छन् । उक्त अवधिमा ३७ हजारलाई सीमा क्षेत्रमा परामर्श सेवासमेत दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७