को हुन् श्रृंखला खतिवडालाई पछि पार्दै मिस वर्ल्ड बन्न सफल मेक्सिकन सुन्दरी बेनेसा ?


२३ मंसिर २०७५, आईतवार
0 Shares
miss world 6DIKh5QINZ


काठमाडौं, २३ मंसिर । नेपाली चेली श्रृंखला खतिवडा मिस वर्ल्डको सम्भावित विजेता आंकलन गरिरहेका बेला हिजो सबै अनुमानलाई फेल खुवाउँदै मेक्सिकन सुन्दरी वेनेसा पोन्सले ‘मिस वर्ल्ड’ को ताज पहिरिन सफल भइन् ।

miss world 6DIKh5QINZ

मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्डको सम्भावना नजिक रहेको भनिरहेका बेला खतिवडाको इतिहास रच्ने सपनामा नमिठो धक्का लगाउन सफल २६ वर्षीया वेनेसालाई अहिले नेपालीहरुले पनि नजिकबाट बुझ्न खोजिरहेका छन् । 

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनलाई यो सफलताको शिखरमा पुर्‍याउनका लागि उनको विगत कस्तो थियो भन्ने कुरा धेरैको चासोको विषय बनिरहेको छ । पाठकको चासोलाई केहि कम गर्नका लागि हामीले मिस वर्ल्ड विजेता वेनेसालाई नजिकबाट चिनाउने प्रयास गरेका छौं ।

शनिबार राति चीनको सान्या शहरमा मिस वल्र्ड २०१८ को उपाधि वेनेसाले पाएपछि अहिले उनी विश्वको नजरमा परेकी छन् । फाइनल राउन्डमा वेनेसालाई मिस वर्ल्ड बनेपछि अरुलाई कसरी मद्दत गर्नेछौ भनेर प्रश्न सोधिएको थियो ।

jagdamba.cement
rbbbb

उनले जवाफमा भनेकी थिइन्, ‘म आफ्नो पदलाई त्यसरी नै प्रयोग गर्नेछु जसरी पछिल्लो तीन वर्षदेखि गर्दै आएकी छु । हामीले सबैबारे सोच्नुपर्छ, प्रेम गर्नुपर्छ । कसैलाई मद्दत गर्नु त्यति गाह्रो काम होइन । तपाईं बाहिर गएका बेला कसै न कसैलाई तपाईंको मद्दत चाहिरहेको हुन्छ । त्यसकारण सधैं मद्दतका लागि तयार हुनुहोस् ।’

वेनेसाले इन्टरनेशनल बिजनेसमा ग्रेजुएसन गरेकी छिन् । यसबाहेक उनले मानव अधिकारमा डिप्लोमा पनि गरेकी छिन् । वेनेसाको जन्म मेक्सिकोको मुआनजुआटो शहरमा भएको हो । उनी नेनेमी नामक एक स्कुलमा पनि काम गर्छिन् । यो स्कुलमा आदिवासी इलाकाका बच्चालाई विभिन्न संस्कृतिको शिक्षा दिइन्छ । उनको उचाई पाँच फिट ९ इन्च हो । उनले मे मा मिस मेक्सिकोको उपाधि जितेकी थिइन् ।

miss world 9 ZLaSCBfLDK

वेनेसालाई अंग्रेजी र स्प्यानिश भाषाकी जानकार हुन् । खाली समयमा उनलाई आउटडोर गेम खेल्न मनपर्छ । उनलाई भलिबल र स्कूबा डाइविङको शौख छ । वेनेसा महिलाको पुनर्वासका लागि काम गर्ने एक संस्थाकी बोर्ड अफ डिरेक्टरमध्येकी एक हुन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७