देशका सबै युवायुवती हाम्रो छोरा प्रकाश हुन् : प्रचण्ड


७ मंसिर २०७४, बिहीबार
prachanda

काठमाडौं: माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आकस्मिक हृदयघातका कारण निधन भएका पुत्र प्रकाश दाहालको श्रद्धान्जली सभामा भावुक कृतज्ञता मन्तव्य व्यक्त गरेका छन् ।
बिहीबार आफ्नै निवासमा राखिएका श्रदाञ्जली कार्यक्रममा उपस्थिता सभाको माझ प्रचण्डले भावुक कृतज्ञता मन्तव्य व्यक्त गरेका हुन् ।

prachanda
पुत्रशोकमा रहेका प्रचण्डले देशका हरेक युवायुवतीमा स्वर्गीय छोरा प्रकाशलाई देखेको बताएका छन् । उनले भनेका छन् ‘कलिला दुई छोरालाई टुहुरा बनाएर उनी यति थोरै उमेरमै हामीबाट सधैंका लागि बिदा भए ।’

‘पत्रुवियोग मान्छेको जीवनमा सबैभन्दा ठुलो शोक मानिन्छ र रहेछ पनि’ उनले उल्लेख गरेका छन् । श्रद्धान्जली सभामा विभिन्न राजनीतिक दलका नेता, कूटनीति नियोगका प्रतिनिधि, भ्रातृ सङ्गठनका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
कार्यक्रममा प्रचण्डले आफ्ना छोराको सम्झनामा दिएको वक्तव्य वाचन गरिएको थियो । त्यसमा भनिएको छ, ‘प्रकाश अब छैनन् । तर, देशका हरेक युवा युवतीमा हामीले प्रकाश देखेका छौँ । यो देशका सबै युवायुवती हाम्रा छोरा प्रकाश हुन् र तिनको समुन्नत भविष्यका लागि अझ धेरै महनत गर्नुपर्छ भन्नेमा निष्कर्षमा अझ दृढ भएका छौँ ।’
आफू पूर्णकालिन राजनीतिमा लागेका कारण बाल्यकालमा छोरालाई समय दिन नपाएको उनले स्मरण गरे । ‘म पूर्णकालिन राजनीतिमा लागेको तीन वर्षपछि २०३८ सालमा प्रकाशको जन्म भयो । म भूमिगत राजनीतिमा थिएँ, कहिलेकाँही मात्र घर आउँथे, त्यो पनि राति अबेला आउँथेँ र बिहान झिसमिसेमै हिँडिहाल्थेँ ’ प्रचण्डले पुराना घटना स्मरण गर्दै भनेका छन् सुरक्षाका कारण एकपछि अर्को स्कुल फेर्दाफेर्दै उनको पढाई लथालिङ्ग भयो ।
अरू थुप्रै नेपाली युवाजस्तै कलिलैमा हतियार बोकेर क्रान्ति र नेतृत्वको रक्षाका लागि उनी पूर्णकालिन कार्यकर्ता भए । अहिले सम्झँदा यस्तो लाग्छ, उनी आफ्नो जीवनमा कहिल्यै पनि किशोर हुन पाएनन्, बालकबाट सिधै युवा भए । सक्रिय राजनीतिक जीवनका कारण लालनपालनमा मैले बाबुका रूपमा उनीमाथि न्याय गरिनँ । गर्न सकिनँ ।’
प्रचण्डले आफू प्रधानमन्त्री हुँदा दोस्रो कार्यकालमा उनको सहयोगविना सफल हुन नसक्ने पनि स्मरण गरेका छन् । ‘केहीले कमरेड प्रकाशलाई केवल मेरो छोरामात्र ठाने र त्यसैमा उनको व्यक्तित्व सीमित गर्न खोजे । तर, उनी प्रविधिमा, सङ्गठनमा र व्यवस्थापनमा अत्यन्त पोख्त थिए । म प्रधानमन्त्री हुँदा र त्यसपछि पनि मेरो निजी सचिवालयमा उनी मेरो छोरो भएका कारण होइन, त्यो भूमिकाका लागि आवश्यक योग्यता र क्षमता भएका कारण जिम्मेवारीम थिए । उनी अत्यन्त मिडियामैत्री थिए । प्रविधिमा उनको रुचीमात्रै थिएन, दख्खल पनि थियो । व्यवस्थापनमा उनको दक्षता र यहाँहरु सबैले देख्नुभएकै हो । सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढी सहकर्मी र सहयोद्धा भए । म इमान्दारीपूर्वक भन्छु,प्रधानमन्त्रीका रूपमा मेरो दोस्रो कार्यकाल उनको सहयोगबिना सफल हुने थिएन ।’
प्रचण्डले पुत्रशोकमा रहेका बेला आफूलाई सान्त्वना दिनेहरुप्रति आभार व्यक्त गरेका छन् ।

prakash prachanda
prakash prachanda2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७