एनआरएनलाई नेपालमा लगानी गर्न सरकारको आग्रह


२३ मंसिर २०७५, आईतवार
NRN Hong Kong

काठमाडौं, २३ मंसिर : कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले ढुक्क भएर नेपालमा लगानी गर्न गैर आवासीय नेपाली संघ एनआरएनलाई आग्रह गरेका छन्।

NRN Hong Kong

एनआरएन एशिया प्रशान्त क्षेत्रको भेलालाई हंकङमा संवोधन गर्दै मन्त्री खनालले स्थिर सरकार भएकाले लगानीमा कन्जुस्याँई नगर्न आग्रह गरे।

केही नीति नियम बाधक भएको भए त्यसलाई सरकारले सहज बनाइदिने भन्दै मन्त्री खनालले क्षेत्र पहिचान गर्न पनि सहयोग गर्ने बताए । कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगानी गर्दा उपयुक्त हुने खनालको भनाई थियो ।

अव नेपालको राजनीति अस्थितरतामा नजाने उनको दावी छ।२८ देखि ३० लाख युवा जनशक्ति मलेसिया र खाडी मुलुकमा श्रम गर्दा नेपालको उर्वर भूमि बाँझो रहेको भन्दै मन्त्री खनालले नेपालमा लगानी गरेर रोजगारीको अवसर सृजना गर्ने तर्फ सरकार लागेको बताए ।

त्यसका लागि एनआरएन एउटा सहयोगी संस्था हुन सक्ने उनको भनाई थियो । जसले गर्दा झण्डै एक सय ४० अर्वको हाराहारिमा बस्तु आयात भएर चुलिदै गएको नेपालको व्यापार घाटा कम गर्न सकिने उनको भनाई थियो ।

मन्त्री खनालले इतिहासले समृद्ध नेपाल निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारी अहिलेको सरकार र राजनीतिक नेतृत्वलाई दिएको टिप्पणी गरे। ‘अव चुनावी नारा बाँडेर भोट माग्ने दिन सकिए,’ मन्त्री खनालले भने, ‘सरकार दिर्घकालिन एजेण्डा बोकेर हिडेको छ, छिट्टै गन्तब्यमा पुग्छ, तपाईहरु पनि सहयोगी बन्नुस् ।’

कार्यक्रममा एनआरएनका अध्यक्ष भवन भट्टले आफूहरु नेपाल सरकारसँग हातेमालो गरेर अघि बढ्न र क्षेत्र पहिचान गरी लगानी बढाउन तयार रहेको बताए ।

कार्यक्रममा सहभागि हुन हिजो शनिवार हंकङ गएका मन्त्री खनाल मंगलबार स्वदेश फर्कने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७