नेपाल युएईसँग ५ रनले पराजित


७ मंसिर २०७४, बिहीबार
nepali cricket

काठमाडौं: थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।

nepali cricket
बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा भएको खेलमा नेपाल युएईसँग ५ रनले पराजित भएको हो । टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७९ रन बनायो । असी रनको लक्ष्य पाएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ७४ रनमा समेटियो । युएईको जितमा नतासा चरियथले २३, इशा रोहितले २२ र निशा अलिले १७ रन जोडे । बलिङतर्फ नेपालका लागि कप्तान रुविना क्षेत्रीले तीन, रितु कनौजियाले दुई तथा नेरी थापाले एक विकेट हात पारे ।
ब्याटिङ गर्ने क्रममा नेपालका लागि रितु कनौजियाले सर्वाधिक २२ रनको योगदान दिइन् । तेइस बल खेलेकी कनौजियाले दुई चौका प्रहार गरिन । ज्योति पाण्डेले १२, काजोल श्रेष्ठले ८, सीता रानामगरले ७, करुणा भण्डारीले ६ तथा सरिता मगरले ५ रन जोडे ।
नेपालले आफ्नो चौथो खेलमा शुक्रबार मलेसियासँग खेल्नेछ । राउण्ड रोविनको आधारमा भइरहेको उक्त खेलमा लिगको शीर्ष दुई टोली आगामी जुनमा नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफायर्समा छनोट हुनेछ । ग्लोबल क्वालिफायर्सको शीर्ष दुई टोलीले आगामी वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७