३२ जिल्लाका लागि राति १२ बजेदेखि मौन अवधि सुरु हुने


७ मंसिर २०७४, बिहीबार
nirbachan aayoga

काठमाडौं: प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणमा हुने ३२ जिल्लाको निर्वाचन मङ्सिर १० गते सम्पन्न हुँदे छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने छ । पहिलो चराणमा हिमाली र पहाडी क्षेमा रहेका ३२ जिल्लाको निर्वाचन हुँदै छ भने मङ्सिर २१ गते दोस्रो चरणमा ४५ जिल्लाका हुँदै छ ।

nirbachan aayoga
निर्वाचन आयोगले मतदान हुनु भन्दा ४८ घण्टा अघिदेखि कुनै पनि चुनावी गतिविधि गर्न नपाइने व्यवस्था अनुरूप मौन अवधि लगाइँदै छ । मौन अवधिमा मत माग्न र प्रचार प्रसार गर्न पाइने छैन । निर्वाचन आयोगले समाजिक सञ्जाल फेसबुक र एसएमएसबाट समेत मत माग्न नपाइने जनाइसकेको छ । मौन अवधिमा आचारसंहिता उल्लंघन गरेमा मनोनयन समेत रद्द हुन सक्ने कानुनी प्रावधान रहेको छ । मौन अवधि सुरु भएसँगै उम्मेदवार, राजनीतिक दलका अरू नेता, सञ्चार माध्यम तथा सर्वसाधारणले समेत प्रचारप्रसारजन्य कुनै पनि गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।
३२ वटा जिल्लामा मौन अवधि सुरु हुने भए पनि दोस्रो चरणमा चुनाव हुने बाँकी जिल्लाहरूमा चाहिँ प्रचार प्रसारका कार्यक्रमलाई निरन्तरता दिन सकिने आयोगले जनाएको छ । आयोगले पहिलो चरणमा चुनाव हुने जिल्लाका मतदाताहरुलाई प्रभाव पर्ने गरी कुनै पनि समाचारजन्य सामग्रीहरू प्रकाशन तथा प्रसारण नगर्न अयोगले सञ्चार माध्यमलाई समेत आग्रह गरेको छ ।
निर्वाचन आयोगले तोके अनुसार निम्न काम गर्न पाइने छैन ।
१, मौन अवधि सुरु हुनुभन्दा नै मतदान केन्द्रको ३ सय मिटर नजिकमा पर्ने ठाउँमा राखिएका प्रचारप्रसार जन्य सामग्री हटाउने
२, एसएमएस, फेसबुक र भाइवर जस्ता विद्युतीय माध्यम र सामाजिक सञ्जाल प्रयोग गरेर समेत मत माग्न वा प्रचार गर्न नपाइने
३, उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै पनि समाचार प्रसारण तथा प्रकाशन गर्न नपाइने

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७