प्रहरीमा ८० करोडको लत्ताकपडा खरिदका लागि गुणस्तर विभागमा सेटिङ


२४ मंसिर २०७५, सोमबार
poshak

काठमाडौं, २४ मंसिर । नेपाल प्रहरीमा ठेकेदार, प्रबन्ध हाकिम र गुणस्तर तथा गुणस्तर तथा नापतौल विभागका हाकिमहरुको सेटिङमा कमसल सामान खरिद गरी करोडौं भ्रष्टाचार गर्न चलखेल भइरहेको छ ।

poshak

त्यसकै लागि गुणस्तर टेष्ट गर्न एसजीएस र आइटीएस नपठाई प्रहरीमा फेरि कमसल कपडा किन्ने खेल सुरु भएको हो । गुणस्तर विभागबाट टेष्ट भएका सामानहरुको बारेमा धेरै गुनासो आएपछि उपेन्द्रकान्त अर्याल आइजीपी हुँदा नेपाल प्रहरीले भारतको एसजीएस र आइटीएसमा टेष्ट गराएरमात्र खरिद गर्ने निर्णय गरेको थियो । अर्याल आउनुअघि ठेकेदारहरुले गुणस्तर विभागमा टेष्ट गर्न क्वालिटीको सामान लाने र बुझाउँदा कम गुणस्तरको बुझाउने गरेका थिए ।

गुणस्तर विभागका हाकिमहरुसँग १५ देखि २० प्रतिशत कमिसन दिनेगरी ठेकेदार र प्रबन्धका हाकिमहरुले सेटिङ गरी सामान पास गराउँदैआएका थिए । जसका कारण ड्युटीमा तैनाथ ५ जना प्रहरीको कपडा चेक गर्दा ५ थरी देखिने गरेको थियो । एउटै संगठनका प्रहरीको एकै लटको कपडा बाँड्दा ५ थरी देखिएको गुनासो आएपछि तत्कालीन आइजीपी अर्यालले पोलिसी कोअर्डिनेसन कमिटी( पीसीसी) बैठकबाट निर्णय नै गरी नेपालको गुणस्तर विभागमा चेक नगरी एसजीएस वा आइटीएसमा चेक गर्न पठाउन सुरु गरेका थिए । ठेक्का प्रस्तावदेखि स्वीकृत गर्दा पनि टेष्ट पास भएको पास भएको रिपोर्ट पेश गर्नुपर्ने ब्यवस्था उनले गरेका थिए । स्पेसिफिकेसन अनुसार हुनुपर्ने र बुझाइसकेपछि पनि गुणस्तर चेक गर्न पुनः पठाउने निर्णय प्रहरीले गरेको थियो । त्यही निर्णयअनुसार भएका टेण्डरमा केही हदसम्म गुणस्तरीय सामान प्रहरीले खरिद गरेको थियो ।

rajman
प्रबन्धका डीआइजी नारायणसिंह खड्का र ठेकेदार राजमान मिश्र

दीपक मल्होत्राले बुझाएको डीएमएस बुट एसजीएस टेष्टमा फेल भएको थियो । जुन बुट हालका आइजीपी सर्वेन्द्र खनाल आएपछि आर्थिक चलखेल गरी प्रहरीले भुक्तानी दिएको थियो । नेपाल प्रहरीका ७६ हजार कर्मचारीका लागि लत्ताकपडाको बजेट ८० करोड छुट्याइएको छ । त्यो बजेटमा बढीभन्दा बढी कमिसन खाने दाउमा गुणस्तर विभागमै सामानको टेष्ट गराउने खेल भइरहेको छ ।
विगतमा नेपालको गुणस्तर विभागले सेटिङमा टेष्ट गरेको धेरै गुनासो आएपछि भारत पठाइएकोमा अब प्रहरीको वर्तमान नेतृत्व पुनः नेपालमै गुणस्तर चेक गर्ने पक्षमा पुगेको छ । नेपालको गुणस्तर विभागमा टेष्ट गर्ने कार्य राम्रो भए पनि विगतमा सेटिङमा गुणस्तरहीन सामान पनि नमूना पास गराएका कारण विवाद भएको थियो । त्यही भएर भारतमा टेष्ट गराउनुपर्ने स्थितिमा प्रहरी पुगेको थियो । अहिले ठेकेदारहरु र प्रबन्धका हाकिमहरुको चलखेलमा एसजीएस र आइटीएसमा नपठाउने वातावरण बनाइएको छ ।

प्रहरीको प्रबन्धका हाकिमहरु खरिदमा ठूलो हेराफेरी गर्न एसजीएस र आइटीएस नपठाउने गुणस्तर विभागमै चेक गर्ने भनेर लागेका छन् । यसैको परिणामस्वरुप २०७५ मंसिर २० मा प्रबन्ध निर्देशनालयका डीआइजी नाराण्यणसिंह खड्का, डीएसपी नवराज थापा र इन्स्पेक्टर केशव गौतमको टोली गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीलाई भेट्न गएका थिए । प्रहरीको टोली पुगेपछि महानिर्देशक पुडासैनीले टेक्सटाइल हेर्ने प्राविधिक उपसचिव सुशील साह र केमिकल हेर्ने प्राविधिक अधिकृत किरण सुवेदीलाई बोलाए । नेपालमै गुणस्तर चेक गराउनेबारेमा उनीहरुबीच साढे २ घन्टा छलफल भएको स्रोतले बताएको छ ।
८० करोडको लत्ताकपडाको बजेटमा ठेकेदार र प्रबन्धका हाकिमहरु बढीभन्दा बढी कमिसन खानकै लागि गुणस्तर विभागमै मिलाउन लागेका हुन् । नेपालको गुणस्तर विभागमा टेष्ट गराउने पक्षमा सबैभन्दा बढी दबाब गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाले दिएको स्रोतले बताएको छ । ठेकेदार राजमान मिश्रहरुको प्रभावमा परी उनले गुणस्तर चेक नेपालमै गर्न दबाब दिने गरेका छन् । नेपालमा भए भनसुनका आधारमा पास गर्न सकिने भएकाले राजमान मिश्रसहितको टोलीले दबाब दिइरहेको छ ।
गुणस्तर विभागका उपसचिव सुशील साह र केमिमलका सुवेदीको बारेमा धेरै गुनासोहरु आएका छन् । प्रहरीको प्रबन्धका हाकिम र ठेकेदारहरुसँग उनीहरुले सेटिङ गरेको कुरा प्रकाशमा आएको थियो ।
यसअघि गुणस्तर विभागका महानिर्देशक पुडासैनीले धेरै विवाद भएपछि फस्ने डरले टेष्ट गर्ने केमिकलहरु छैन, धेरै समय लाग्छ भनेर सूचना नै टाँसेर नेपाल प्रहरी र सशस्त्र प्रहरीको सामान गुणस्तर चेक नगर्ने निर्णय गरेका थिए । ठेकेदार मिश्रको गुणस्तरका साह र सुवेदीसँग पहिलादेखि नै घनिष्ठता रहेको छ । यो समाचार आजको साँघु साप्ताहिकबाट लिइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७