धनकुटामा वाम गठबन्धनलाई राप्रपाले सघाउने


७ मंसिर २०७४, बिहीबार
uml and moist talmel1

धनकुटा : प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्ष तर्फ निर्वाचनमा वाम गठबन्धनलाई राप्रपाले सघाउने भएको छ ।
बिहीबार धनकुटामा पत्रकार सम्मेलन गर्दै राप्रपाले उक्त घोषणा गरेको हो । प्रदेश नं. १ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनलाई समर्थन गरेको बाम गठबन्धनको पैचो तिर्न धनकुटामा सहयोग गर्ने घोषणा गरेको जिल्ला अध्यक्ष बालानन्द भुर्तेलले बताएका छन् ।

uml and moist talmel1
भुर्तेलले सबै पक्षलाई समेटेर राष्ट्रियताको लागि लडीरहेका केपी ओलीको नेतृत्वमा सरकार बनाउन बाम गठबन्धनको चुनावी अभियानमा समाहित भएको भुर्तेलले बताए ।
संयुक्त वाम गठबन्धनको तर्फबाट एमाले धनकुटाका उपाध्यक्ष दुर्गा लिंखा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तिलकप्रसाद राई र राप्रपा धनकुटाका अध्यक्ष बालानन्द भुर्तेलले हस्ताक्षर गरी जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा संयुक्त बाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने उल्लेख गरेको छ ।
त्यसै गरी प्रदेश सभाको (क) निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका राप्रपाका चक्रबहादुर बुढाथोकीले संयुक्त बाम गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने बताएका छन् । उनले भने, ‘कानुनत मेरो उम्मेदवारी कायम छ । तर म आफै संयुक्त बाम गठबन्धनका उम्मेदवारलाई सूर्य चिन्हमा मत मागेर हिड्छु, बुढाथोकीले बताएका छन् ।’ गएको स्थानीय तहको निर्वाचनमा राप्रपाले करिब ४ सय ३५ मत प्राप्त गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७