संघीयता र सरकारलाई बदनाम गर्न गौंडा कुरेर बसेका छन् : प्रधानमन्त्री


२४ मंसिर २०७५, सोमबार
PM KP Sharma Oli

‘कर्मचारीले सहयोग गरेनन् भन्ने कुरा सत्य होइन’

काठमाडौं, २४ मंसिर :  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई कर्मचारीको पूर्ण सहयोग रहेको बताएका छन् । कर्मचारीले सहयोग गरेनन् भन्ने कुरा सत्य होइन नभएको उनको जिकिर छ ।

PM KP Sharma Oli

प्रधानमन्त्री केपी शर्मा ओली

सोमबार अन्तर प्रदेश परिषदको बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले कर्मचारीहरुको खुलेर प्रशंसा गरे ।

‘कर्मचारीहरु पनि संघीयतामा पोख्त होइनन् । उनीहरुले पनि संघीयताको प्रयोग सिक्दैछन्,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले संघीयता सफल पार्न कर्मचारीले असहयोग गरे, सरकारलाई सहयोग गरेनन् भन्ने कुरा सत्य होइन । हामी राजनीतिज्ञ जस्तै कर्मचारी पनि यस प्रणालीमा नयाँ नै छन् । उनीहरुले जाने बुझे अनुसार सहयोग नै गरेका छन् ।’

सरकारलाई बदनाम गर्न गौडा कुरेर बसेका छन्
आवश्यकता अनुसारका कर्मचारी नहुँदा प्रदेशहरुमाकर्मचारीको अभाव भएको हुन सक्ने उनको भनाई छ । लोकतन्त्र विरोधी केही तत्वहरुले विभिन्न विषय उछालेर देशलाई अस्थिरता निम्त्याउने प्रयास प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘सरकारलाई कहाँबाट बदनाम गर्न सकिन्छ । संघीयतालाई कहाँबाट कमजोर पार्न सकिन्छ भन्ने गौंडाहरु कुरेर बसेका छन् ।’

देशमा अनेक नाममा द्वन्द्व मच्चाउने र विखण्डनकोे प्रयास गर्नेका विरुद्ध सरकारले कडा कदम चाल्ने ओलीले बताए ।

‘देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । अबचाहिएको कुन व्यवस्था हो ? यहीव्यवस्था भित्रबाट जे चाहिएको हो त्यही कुरा पाउन सकिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण अनेक नाममाबखेडा किनझिक्ने ? यो त केवलचन्दा उठाउने र जनतालाई त्रसितपार्ने काम मात्र हो ।’

तीन मुख्यमन्त्रीले सुनाए प्रगति विवरण
सोमबारको बैठकमा प्रदेश ५ कामूख्यमन्त्री शंकर पोख्रेल,कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्र बहादुर शाही र सुदुरपश्चिम प्रदेशका मख्यमन्त्री त्रिलोचनभट्टले आफ्नाप्रदेशका समस्याकाबारेमाप्रतिवेदन पेश गरे ।

५ सदस्यीय कार्यदल गठन

aantar



बैठकले प्रदेश र संघका काममातालमेल मिलाउन, आवश्यक कानुनहरुको परिर्माजन गर्न र प्रदेशहरुलाई कसरी बनाउनलाई अध्ययन गर्नका लागि गृह मन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा एक समिती गठन गरेको छ ।

समितिमा संघीय मामिलातथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित,अर्थमन्त्री डा.यूवराज खतिवडा,प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ५ का मूख्यमन्त्री शंकर पोख्रेल र मुख्य सचिब लोकदर्शन रेग्मी रहेको एक समिति गठन गरेको छ ।

समितीलाई आगामी पुष ३ गते प्रधानमन्त्री ओलीलाई प्रतिवेतन बुझाउनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७