चालक अनुमतिपत्र : प्रविधिकै कारण समस्या


२५ मंसिर २०७५, मंगलवार
1528089591licence3

ललितपुर, २५ मंसिर । यातायात व्यवस्था कार्यालय एकान्तकुनामा चालक अनुमतिपत्रमा प्रविधिका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको छ ।

1528089591licence3

प्रविधिले समस्या आउँदा सेवाग्राहीलाई असुविधा भएको सो कार्यालयका शाखा अधिकृत रमेश पौडेलले बताए । उत्तीर्ण अनुत्तीर्णबारेको अभिलेख ढड्डा र सर्भरमा एकरुपता नहुँदा समस्या देखिएको हो । उनले भने, ‘यी सबै गल्ती सच्याउनै पर्ने हुँदा समय लाग्छ ।’

चालक अनुमतिपत्रमा पहिले एउटा समूहमा रहेको सवारीलाई अहिले अर्काे समूहमा राखिएको छ । पहिले अन्य समूहमा राखिएको गह्रौं सवारी (हेभी) लाई अहिले छुट्टै समूहमा राखिएको छ ।

केही दिनपहिले सवारी चालक अनुमतिपत्र नवीकरणका लागि सेवाग्राही आउँदा एउटा समूहबाट अर्काेमा नवीकरण गर्न शाखा अधिकृत पौडेलले यहाँबाट सकेनन् । यी सबै समस्यामा कार्यालयले सेवाग्राही विभाग पठाउँछ । उनले भने, ‘यहाँबाट समाधान नहुने समस्या विभागमा नै पठाउनुपर्ने अवस्था छ ।’

कार्यालयमा अहिले कार्यरत कर्मचारीमध्ये तीन जनाले मात्रै सर्भरको प्रयोग गर्छन् । त्यसमा देखिएको समस्या तीनै कर्मचारीले समाधान निकाल्न नसकेपछि विभाग पठाउने गरिएको छ ।

नीतिगत रुपमा कार्यालय प्रदेश मातहतमा गए पनि व्यावहारिकरुपमा गएको छैन । प्रविधि हस्तान्तरण नहुँदा सामान्य समस्या आउँदा समेत सेवाग्राही विभाग नै पठाउनु परेको कर्मचारी बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७