यसरी मारिएको थियो ‘झाँसीकी रानी’ अर्थात लक्ष्मीबाइलाई

काठमाडौं, २५ मंसिर । भारतीय स्वतन्त्राको वीरंगना हुन् झाँसीकी रानी लक्ष्मीबाई । उनी भारतीय स्वतन्त्रता आन्दोलनकी योद्धा थिइन् । उनको नाम आज पनि भारतमा मात्रै होइन् विश्वभरिका महिलाका लागि प्रेरणादायी छ ।

आफ्नो जीवनकालमा मातृभूमिको रक्षा गर्दागर्दै उनको मृत्यु अंग्रेज सेनाको हातबाट भएको थियो । जीवनको अन्त्यसम्म पनि उनले स्वतन्त्रता आन्दोलमा नै बिताइन् । यसरी मारेका थिए स्वतन्त्र सेनानी रानी लक्ष्मीबाइलाई अंग्रेज सेनाले ।

अंग्रेजको तर्फबाट क्याप्टेन ब्रिग्स पहिलो व्यक्ति थिए, जसले लक्ष्मीबाइलाई आफ्नै आँखाले लडाइँको मैदानमा लड्दै गरेको देखेका थिए । उनले घोडाको डोरी आफ्नो दाँतले दबाएकी थिइन् । उनको दुवै हातमा तरबार थियो र दुवै चालु अवस्थामा थिए साथै उनी दुवै हातको तरवारले दुश्मनलाई आक्रमण गर्दै थिइन् ।

उनीभन्दा पहिला अर्को एक अमेरिकनले लक्ष्मीबाइलाई नजिकबाट हेर्न मौका पाएका थिए । तर, लडाइँको मैदानमा नभएर उनले रानीलाई उनकै दरबारमा देखेका थिए । लक्ष्मीबाइले दामोदरलाई (गोद) धर्मपुत्रका रूपमा लिएपछि अंग्रेजले त्यसलाई अवैध घोषित गरेका थिए । त्यसपछि लक्ष्मीबाइलाई झांसीमा रहेको आफ्नो महल छोडनुपरेको थियो । महल छाडेर उनी एक साधारण घरमा शरण लिएर बसेकी थिइन् ।

रानीका वकिल जांन लैंकको पहलमा उनले हालै ब्रिटिस सरकारका विरुद्ध एक मुद्दा जितेका छन् । लैंगको जन्म अस्ट्रेलियामा भएको थियो । उनी मेरठमा ‘मुफुस्सलाइट’ नामको एक पत्रिका प्रकाशित गर्ने गर्थे ।

लैंक प्रस्टसँग फारसी र हिन्दी भाषा बोल्न सक्थे र इस्ट इन्डिया कम्पनीका प्रशासन उनलाई मन पराउँदैन थिए । किनकी, उनी सधैँ उनीहरूलाई आफ्नो अखबारमा प्रकासित लेखमार्फत अप्ठ्यारो पार्ने, आलोचना गर्ने र घेर्ने काम गर्थे । लैंक पहिलोपटक झांसी आएका थिए त्यसवेला रानीले उनलाई लिनका लागि घोडाको एक रथ आगरा पठाएकी थिइन् । उनलाई झांसी ल्याउन रानीले आफ्ना मान्छे र एक सहयोगी आगरा पठाइन् ।

सहयोगीका हातमा (बरफ) आइसले भरिएको बाल्टिन थियो । उक्त बाल्टीमा चिसो पानी बियर र वाइनका बोतल थिए । बाटोभरि एक सहयोगीले लैंगलाई पंखा हम्किदै ल्याएका थिए । ताकि, उनलाई त्यहाँको गर्मीको अनुभूति नहोस् भनेर ।

झांसी पुग्दा लैंगलाई पचास घोडाले तानेको एक पालकीमा राखेर ‘रानी महल’ पुर्‍याइएको थियो । उनलाई पुर्‍याइएको बगैँचामा रानीलाई राख्ने एक मञ्च बनाइएको थियो । रानी लक्ष्मीबाई मञ्चको एक कुनामा पर्दा पछाडि बसेकी थिइन् । उनलाई अरूले नदेखून्, उनले सबैलाई देखून् भन्ने थियो । त्यसै समय अचानक उनका छोरा दामोदरले उक्त पर्दा हटाइ दिए । लैंगको आँखा रानीमाथि पर्‍यो । घेरैपछि रेनर जेराँस्चले एक किताबमा लेखेका छन् ।

‘द रानी अफ झांसी रेबेल आगेस्ट विल’
किताबमा रेनर जेरांस्चमा लैंगले भनेका छन्, ‘रानी मध्यम कदको साहसी महिला थिइन् । त्यतिवेला हेरेअनुसार युवा अवस्थामा उनको अनुहार अति सुन्दर थियो होला । अहिले पनि उनको सुन्दरता कम छैन । मलाई एउटा कुरा भने अलि राम्रो लागेन, उनको अनुहार आवश्यकताभन्दा बढी नै गोलो थियो ।

उनको आँखा भने अति नै सुन्दर थियो, नाक सानो थियो । उनी गहुँगोरी वर्णकी थिइन् तर साहै्र गोरी भने होइन । मैले उनलाई देख्दा उनको शरीरमा एउटा पनि गहना थिएन । सेतो मलमलको साडी लगाएकी थिइन् । जसले उनको शरीरको रेखांकन प्रस्ट देखिन्थ्यो र उनको सुन्दरता । उनको शरीरभन्दा फरक उनको व्यक्तित्वलाई नसुहाउँदो थियो उनको धोद्रो स्वर (रुखो आवाज) ।’

बहरहाल क्याप्टेन रांड्रिक ब्रिग्सले सोचका थिए कि उनी आफैँ गएर रानीलाई आक्रमणको प्रयास गरूँ । तर, जब–जब उनी त्यसको प्रयास गर्थे रानीका घोडाहरू उनलाई घेरेर उनैमाथि आक्रमण गर्थे ।

रानीलाई आक्रमण गर्ने उनको हरेक प्रयास असफल भइरहेको थियो । केही मान्छेलाई मार्ने र घाइते बनाएपछि रांड्रिकले आफ्नो घोडालाई रानीतिर बढाए । तर, त्यही वेला अचानक रांड्रिकको पछाडिबाट जनरल रोजले अत्यन्तै निपूर्ण उँटको टुकुडीले प्रत्याक्रमण गर्‍यो र त्यसलाई नियन्त्रणमा लियो ।

त्यस प्रकारको प्रयोग उनी जवाफी कारबाहीको समयमा गर्थे । त्यस टुकडी लडाइँमा दौड्दै गर्दा ब्रिटिस सेनाका तर्फबाट निकै सेनाअघि बढ्दै थिए । त्यसपछि रानी केहीपछि हटेकी थिइन् । तर, उनी मैदानबाट भागेकी भने थिइनन् । तर, बिस्तारै उनको सेनाको संख्या कम हुँदै थियो । त्यसैले उनी नयाँ रणनीतिमा थिइन् ।

त्यस लडाइँमा भाग लिइरहेका जांन हनेरी सिलबेस्टरले आफ्नो किताब ‘रिकलेक्सस् अफ द क्याम्पिन इन मालवा एन्ड सेन्ट्रल इन्डिया’ मा लेखेका छन् । ‘रानी अचानक चर्को आवाजमा चिच्चाइन, मेरोपछि आऊ’ १५ घोडाको जत्था उनको पछाडि थियो । उनी लडाइँको मैदानमा यति तीव्र गतिमा हटिन कि अ‍ेंज सेनालाई त्यसको कारण बुझ्न केही समय लागेको थियो । अचानक रांड्रिकले आफ्नो साथीलाई कराउँदै भने, ऊ झांसीको रानी अगाडि छन् ।’

रानी र उनका साथी केही पर पुगेका थिए । क्याप्टेन ब्रिग्सको घोडा उनको ठीकपछि आइपुगेको थियो । लडाइँ नयाँ शिराबाट शुरु हुँदै थियो । रानीको एक सैनिकसँग ब्रिटिस सैनिकका दुई सेना लड्दै थिए । त्यसैमा अचानक रानीलाई आफ्नो बायाँ छातीमा हल्का दुखाइको महसुस भयो । कुनै सर्पले टोकेको जस्तो उनलाई चसक्क भयो ।

एक अंग्रेज सेनाले उनको नजिकै भए र पनि त्यो देखेका थिएनन् । उनको छातीमा संगीन प्रहार भएको थियो । उनी आफूप्रति भएको आक्रमणको प्रवाह नगरी आफूलाई हमाला गर्नेतर्फ आक्रमण गर्न तरबार लिएरअघि बढ्दै थिइन् ।

रानीलाई गहिरो चोट लागेको थिएन । तर, उनको शरीरबाट धेरै नै रगत बगिरहेको थियो । घोडाबाट दौड्दै गर्दा उनी पानीको झरना भएको स्थानमा पुगिन् । उनले सोचिन आफू घोडालाई एक झट्का लगाएपछि घोडाले झरना पार गर्छ र उनलाई कसैले पनि समात्न सक्दैन । उनले घोडालाई दबाब दिइन् । तर, घोडा दौड्नुको सट्टा एकै पटक रोकियो । घोडा यति साहै्र रोकियो कि उनी झण्डै घोडाको गर्धनमा परेकी थिइन् ।

उनले पुनः घोडालाई दबाब दिइन । तर, घोडा एक इन्च पनि अघि बढ्न मानेन् । तब उनलाई लाग्यो कि उनको कम्मरको बायाँबाट कसैले दह्रो गरी आक्रमण गरेको छ । उनलाई राइफलको एक गोली लागेको थियो । रानीको बायाँ हातमा रहेको तरबार भूइँमा खसेको थियो । उनले त्यही हातले कम्मरबाट बगिरहेको रगत रोक्ने प्रयास गरिरहेकी थिइन् ।

एंटोनिया फ्रेजर आफ्नो पुस्तक ‘द वांरियर क्विन’ मा लेख्छन् । त्यतिवेलासम्म एक अंग्रेज रानीको घोडा भएको स्थानमा पुगिसकेका थिए । उनले रानीमाथि आक्रमण गर्नका लागि आफ्नो तरबारमाथि उठाए । रानीले पनि उसको आक्रमण रोक्नका लागि दाहिने हातमा रहेको आफ्नो तरबार माथि गरिन् । ती अंग्रेजको तरबार उनको टाउकोमा यति जोडसँग लाग्यो कि तरबारको प्रहारले उनको टाउको नै फुट्यो । उनले टाउकोबाट बगेको रगत चोटका कारण आँखा नै देख्न सकिनन् ।

त्यति हुँदा पनि रानीले हिम्मत हारिनन् र त्यस अंग्रेजलाई जवाफी हमलाको प्रयास गरिन् । तर, उनको प्रहारले अंग्रेजको काँधमा मात्रै चोट लाग्यो र रानी घाडोबाट त झरिन् । त्यसपछि उनका एक सैनिकले आफ्नो घोडाबाट ओर्लिएर उनलाई उठाएर छेवैमा रहेको एक मन्दिरमा लिएर गए । त्यहाँ पु¥याउँदासम्म रानी जीवितै थिइन् ।

मन्दिरको पुजारीले उनलाई पानी खुवाए । त्यसको साथमा उनलाई गंगाजल पनि खुवाइयो । रानी निकै गम्भीर हालतमा थिइन् । उनले बिस्तारै आफ्नो होस् गुमाउँदै थिइन् । उता मन्दिरमा बाहिर भने लगातार फायरिङ हुँदै थियो । रानीको अन्तिम सैनिकलाई मारेपछि अंग्रेज सैनिकलाई लाग्यो कि अब आफ्नो काम सकियो । त्यसपछि रांड्रिक चर्को आवाजमा चिच्याउँदै भन्न थाले, ‘उनीहरू मन्दिर भित्र गएका छन्, उनीहरूलाई आक्रमण गर, रानी अहिले पनि जिउँदै छिन् ।’

मन्दिरका पुजारी भने रानीका लागि अन्तिम प्रार्थना गर्दै थिए । रानीको एक आँखा अंग्रेज सैनिकको आक्रमणको कारण बन्द थियो । उनले निकै कठिनका साथ आफ्नो दोस्रो आँखा खोलिन् । उनले आफ्नो अघि सबै थोक धमिलो देखिन् । उनको मुखबाट बेहोसिमै दामोदर दामोदर म तिम्रो रेखदेखमा छोड्दै छु । उसलाई छाउनीमा लैजानु ..दौड उसलाई लैजाऊँ । भनिएको मात्रै सुनिन्थ्यो ।

उनले मुस्किलले आफ्नो गलामा भएको मोतीको हार निकाल्ने प्रयास गरिन । तर, उनको प्रयास सफल भएन उनी फेरि बेहोस् भइन् । मन्दिरका पुजारीले उनको गलाबाट हार निकालेर उनको एक अंगरक्षकको हातमा राखिदिए । ‘यसलाई राख दामोदरका लागि’ भने ।

रानीको श्वास छिटोछिटो चल्दै थियो । उनको शरीरबाट निस्किएको रगतले उनी पूरै भिजेकी थिइन् । त्यतिकैमा उनलाई होस् आयो । उनी भन्न थालिन्, ‘मेरो शरीर अंग्रेजले भेट्नु हुँदैन ।’ त्यति भन्दै उनको टाउको एकातिर पल्टियो ।

उनले अलि बल गरेर श्वास फेरिन त्यसपछि सबै शान्त भयो । झांसीकी रानी लक्ष्मीबाइले आफ्नो प्राण त्यागेकी थिइन् । त्यहाँ रहेका रानीका अंगरक्षकहरूले वरपर रहेका केही दाउरा जम्मा गरे र त्यहीँ माथि राखी रानीको मार्थिव शरीरको अन्त्येष्टी गरी दिए । उनीहरूले रानीको इच्छाअनुसार उनको शरीर अंग्रेज सैनिको हातमा नपरोस् भनेर नै त्यसो गरेका थिए ।

मन्दिरको प्रांगणमा रानीको शव जलिरहँदा मन्दिरको वरपर चारैतिर गोलीको आवाज आइरहेको थियो । मन्दिरको बाहिर सयौँ अंग्रेज सैनिक आइपुगेका थिए । मन्दिरभित्रबाट भने मात्रै तीन राइफलकोे अंग्रेजको तर्फ प्रतिकार भइरहेको थियो । तर, मन्दिरभित्र रहेको तीन राइफल पनि क्रमशः बन्द हुँदै थियो ।

जब अंग्रेज मन्दिरभित्र प्रवेश गरे त्यतिवेला भित्रबाट कुनै पनि आवाज आएको थिएन । मन्दिरभित्र पूरै शान्त थियो । मन्दिरमा सबैभन्दा पहिला रांड्रिक ब्रिग्सभित्र प्रवेश गरेका थिए । उनी त्यहाँ पुग्दा रानीको रगतले लतपतिएको अवस्थामा शव राखिएको थियो ।

त्यहाँ रहेका एक मान्छे पनि जीवित थिएनन् । उनीहरूलाई मात्रै एक सैनिकको खोजी थियो । त्यसैवेला उनीहरूको नजर एक चितामा पर्‍यो । चिताको आगोमा थियो रानीको जल्दै गरेको शव । उनीहरूले त्यसलाई बुटले कुल्चिएर निभाउने कोशिस गरे । तर, उनको शरीर पुरै जलेर अवशेष बनिसकेको थियो । उनको हड्डी कोइला बनिसकेको थियो ।

त्यस लडाइँमा लडेका क्याप्टेन क्लेमेंट वाँकर हेनिजले रानीको अन्तिम समयको वर्णन गर्दै लेखेका थिए, ‘हाम्रो विरोध खत्तम भइसकेको थियो । मात्रै केही सैनिकले घेरिएको र हतियारले सुसज्जित एक महिला आफ्नो सैनिकको ज्यान गुमाउँदै थिइन । उनी पटकपटक आफ्नो सैनिकलाई इसारा गर्दै उनीहरूको मनोवल बढाउने प्रयास गर्दै थिइन् ।

तर, त्यसको खास केही असर भने परिरहेको थिएन । केही मिनेटमै हामीले त्यस महिलामाथि कब्जा गरिसकेका थियौं । हाम्रो एक सैनिकले गरेको कडा आक्रमणका कारण उनको टाउकोमा गम्भीर चोट लागेको थियो । त्यसैको कारण उनको सबै कुरा समाप्त भयो । पछि थाहा भयो कि ती महिला अरू कोही नभएर झांसीकी रानी लक्ष्मीबाई थिइन् ।’

रानीको छोरा दामोदरलाई लडाइँको मैदानबाट सुरक्षित राखिएको थियो । इरा मुखोटिले आफ्नो किताब ‘हिरोइस’ मा लेखेकी छन्, ‘दामोदरले दुई वर्षपछि सन् १८६० मा अंग्रेजको सामु आत्मसमर्पण गरे ।

त्यसपछि अंग्रेजले उनलाई पेन्सनसमेत दिएका थिए । ५८ वर्षको उमेरमा उनको मृत्यु भयो । मर्ने वेलामा उनको साथमा एक कौडी पनि पैसा थिएन् । उनी पूरै कंगाल थिए । उनको वंश अहिले पनि इन्दौरमा बस्छन् र उनीहरू आफूलाई ‘झांसीवाली’ भन्न रुचाउँछन् । रानीको हत्या गरेको दुई दिनपछि जयाजिराव सिंधियाले त्यस जीतको खुशीमा जनरल रोज र सर रांबर्ट हैमिल्टनको सम्मानमा ग्वालियरमा भोजको आयोजना गरेका थिए ।

रानीको मृत्युपछि विद्रोहीको आत्मविश्वास घट्दै गएको थियो । उनीहरूमा घटेको आत्मविश्वासपछि ग्वालियरमा अंग्रेजले कब्जा गरेका थिए । नाना साहेब त्यहाँबाट बाँचेर निस्किएका थिए । तर, तात्या टोपेको साथ उनको निकट मित्र नवाडका राजले उनको साथमा गद्दारी गरे । तात्या टोपे पक्राउ परे र उनलाई ग्वालियर नजिकै रहेको शिवपुरीमा लगेर एक रुखमा फाँसी दिइयो । हिन्दी बीबीसी

प्रतिक्रिया दिनुहोस्

Skip to toolbar