ओलीको देउवालाई प्रश्न: देश र जनताको लागि ‘चारपल्ट प्रधानमन्त्री भएर के गर्नु भयो’?


८ मंसिर २०७४, शुक्रबार
Kp oli dadeldhura

डडेलधुरा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चार पटकसम्म प्रधामन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताका लागि सिन्को भाँच्न नसकेको आरोप लगाएका छन् ।Kp oli dadeldhura

देउवाको गृहजिल्ला डडेल्धुरा सदरमुकाममा आयोजित वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने ‘कोही कोही मान्छे सात पटकसम्म प्रधानमन्त्री हुन्छु भन्दै हिँडेका छन्, त्यो पनि ज्योतिषीको भरमा परेर’, देउवाप्रति कटाक्ष गर्दै ओलीले भने, ‘चारपल्ट प्रधानमन्त्री भएकाले के गरेर देखाए रु एकपल्ट प्रधानमन्त्री हुने हामीले जनताको मनमा छाप छाड्ने गरी काम गरेका छौँ ।’

ज्योतिषीको भर गर्नेहरुलाई जनता नै नचाहिने बताउँदै ओली आफ्ना उम्मेदवारलाई भने जनताकै भोट चाहिएको जिकिर गरे । ‘कसै कसैलाई ज्योतिषीले सात पटक प्रधानमन्त्री बनाइसके । उनलाई जनताको आवश्यकता परेन, ज्योतिषीले भनिदिए पुग्छ’, ओलीले भने, ‘तर, हाम्रा उम्मेदवार खगराज भट्टलाई जनताले जिताउँछन् । ज्योतिषीलाई दिने पैसा खगराजले यहाँको विकासका लागि लिएर आउँछन् ।’

देउवाले देश नै बेच्न खोजेको आरोप लगाउँदै अध्यक्ष ओलीले उनलाई भोट नहाल्न पनि डडेलधुराबासीसँग अपिल गरे । उनले प्रहरी प्रशासन र सुरक्षानिकायलाई पनि कडा चेतावनी दिए । भने, ‘प्रहरी प्रशासनलले कानुनको मर्यादा ख्याल गर्नुस्, मंसिर १० र २१ गतेको चुनावपछि एमाले(माओवादी गठबन्धनको सरकार बन्दैछ । यसलाई कसले रोक्न सक्नेवाला छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७