ललितपुर महानगरले कर्मचारी टुङगो लगाउन सकेनन्


२६ मंसिर २०७५, बुधबार
lalitpur district

काठमाडौं, २६ मंसिर । ललितपुर महानगरपालिकाले आफूलाई कति कर्मचारी आवश्यक पर्छ भन्ने तय गरेको छैन । कर्मचारी संरचना बन्न नसक्दा यहाँ कति कर्मचारी चाहिने भन्ने टुङ्गो लाग्न नसकेको हो । उपमहानगरपालिकाका कर्मचारी र अहिले जिल्लाका विषयगत कार्यालयबाट आएका कर्मचारी यहाँ कार्यरत छन् ।

lalitpur district

नेपाल सरकारको कर्मचारी समायोजनपछि मात्रै यहाँको कति कर्मचारी आवश्यक छ, भनेर तय गरिने प्रवक्ता राजु महर्जनले बताए । जिल्लाका विषयगत कार्यालयले गर्ने कामसँगै त्यहाँ कार्यरत कर्मचारी महानगरपालिकामा काजमा आएका छन् । उनले भने, ‘ती सबै कर्मचारी यहाँ आवश्यक छन् छैनन् वा त्यो भन्दा बढी चाहिन्छ भन्ने त्यसपछि नै टुङ्गो लाग्नेछ ।’

महानगरपालिकामा विषयगत कार्यालयको कर्मचारी आए पनि भवन र भौतिक सम्पत्ति आएको छैन । उपमहानगरपालिका हुँदाको भवन अहिले अपर्याप्त हुँदा सेवाग्राही र कर्मचारी दुबै हैरान छन् । उनले भने, ‘कर्मचारीले काम गर्न कोठा, टेबुल कुर्सी नै पाएका छैनन् भने यसको असर सेवाग्राहीलाई पनि पर्छ ।’ विषयगत कार्यालयका धेरै कर्मचारी आउन चाहेपनि व्यवस्थापन गर्न नसकेकाले लिन नसकेको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७