११ हजार २२ उम्मेदवार मैदानमा


८ मंसिर २०७४, शुक्रबार
nirbachan aayoga

काठमाडौं: प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फ ५ हजार १ सय ८४ उम्मेदवार मैदानमा छन् । मंसिर १० र २१ मा दुई चरणमा हुने प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी ४ सय ९५ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।nirbachan aayoga

पहिलो चरणमा ३२ जिल्लामा हुने प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभा गरी १ सय ११ जनप्रतिनिधि निर्वाचित हुनेछन् । यसै प्रणालीअन्तर्गत दोस्रो चरणको निर्वाचनबाट दुवै तहमा गरी ३ सय ८४ जनप्रतिनिधि चुनिनेछन् । प्रत्यक्ष निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका लागि सात प्रदेशबाट गरी १ हजार ९ सय ४५ र प्रदेशसभाका लागि सात प्रदेशबाट ३ हजार २ सय ३९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रदेश नम्बर ३ मा ४२ दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । त्याँबाट प्रतिनिधिसभा सदस्यका लागि ४ सय ५२ र प्रदेशसभा सदस्यका लागि ६ सय ३३ उम्मेदवार छन् ।

प्रदेश नम्बर ४ मा २६ दलले प्रत्यक्ष निर्वाचनमा भाग लिएका छन् । जहाँबाट प्रतिनिधिसभा सदस्यका लागि १ सय ५५ र प्रदेशसभा सदस्यका लागि २ सय ३७ उम्मेदवार मैदानमा छन् ।आजको नागरिकमा समाचार छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७