३३ किलो सुन तस्करीका मुख्य आरोपी १० लाख धरौटीमै छुटे


२७ मंसिर २०७५, बिहीबार
सुन तस्कर

मोरङ, २७ मंसिर :  ३३ किलो सुन तस्करीका मुख्य आरोपी आरके ज्वैलर्सका सञ्चालक राजेन्द्रकुमार शाक्य १० लाख धरौटी बुझाएर रिहा भएका छन् । विहिबार उच्च अदालत विराटनगरले आरकेका सञ्चालकलाई १० लाख धरौटीमा रिहा गरेको हो ।

सुन तस्कर

उच्च अदालतका न्यायाधीश नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको इजलासले आरकेसँग धरौटीमा रिाह गरेको हो । मोरङ जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राखेर कारबाही अघि बढाउने आदेशविरुद्ध शाक्य साउन १ मा उच्च अदालत गएका थिए ।

सुन तस्करीको अनुसन्धान गरिरहेको सरकारी समितिले आरके ज्वैलर्सका काठमाडौंस्थित शाखाहरूमा छापा मारेर करोडौंको धनमाल जफत गरेको थियो । शाक्यले चुडामणि उप्रेती गोरेमार्फत भित्रिएको सुन व्यवस्थापन गर्दै आएका थिए ।

साँढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेको आरोपमा जिल्ला अदालत मोरङले दिएको आदेश विरुद्ध ३० जनाले उच्च अदालत विराटनगरमा निवेदन दिएका थिए । साधारण तारेखमा छाड्न माग राख्दै निवेदन दिनेमा संजयबहादुर राउत, दिवेश लोहनी, गोविन्द निरौला, विकासराज खनाल, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, एलवी थापा मगर, टेकराज मल्ल ठकुरी, भुजुङ गुरुङ र प्रजित केसी रहेका छन्।

यस्तै महावीरप्रसाद गोल्यान, राजेन्द्रकुमार शाक्य, वीरेन्द्रमान श्रेष्ठ, राजन कुमार, राजु महर्जन, कपिलराज पुरी, पुन्यप्रसाद लामा, राजन थापा, बालकृष्ण श्रेष्ठ, गोलकुमार श्रेष्ठ, दोराम खत्रीले निवेदन दिएका छन्।

यस्तै मदनप्रसाद घिमिरे, तुलाराम थारु, अमरमान डंगोल, श्यामबहादुर खत्री बालकृष्ण संजेल मदन सिलवाल रहेका लगायले निवेदन दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७