रोल्पामा एमाले कार्यकर्ताको अपहरण


८ मंसिर २०७४, शुक्रबार
CPN UML YIdJnFIa3X

रोल्पा: पटक पटक बम विस्फोट गराईरहेका नेकपाका कार्यकर्ताले नेकपा (एमाले)को एक कार्यकर्ताको अपहरण गरेका छन् ।CPN UML YIdJnFIa3X

नेकपाका कार्यकर्ताले रोल्पा-काठमाडौं सम्पर्क मञ्चका सचिव नवीन खड्कालाई बिहीबार साँझ सुकीदह गाउँपालिका-३, डाँडाखुटीबाट अपहरण गरका हुन् । उनीसँगै माओवादी केन्द्रका कार्यकर्ता विष्णु खड्कालाई पनि नेकपाका कार्यकर्ताले अपहरण प्रयास गरेका थिए । तर, उनलाई स्थानीय बासिन्दाले प्रतिकार गरेर बचाएका थिए । अपहरणमा परेका नवीन खड्कालाई करिब २४ घण्टापछि शुक्रबार विहान मुक्त गरेका छन् ।

संयुक्त वामगठबन्धन निर्वाचन परिचालन समिति, रोल्पाका संयोजक गोकुल घर्तीले शुक्रबार विहान प्रेस वक्तव्य जारी गरेर नवीन खड्कालाई अपहरण गरेको र विष्णु खड्कालाई अपहरण प्रयास गरेको जनाएका छन् । उनले नवीन खड्का शुक्रबार विहान अपहरणमुक्त भई सम्पर्कमा आएको जनाउँदै अपहरण घटनाको निन्दा गरेका छन् ।

‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनको निर्वाचन प्रचार प्रसारको क्रममा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले नेकपा (एमाले)का रोल्पा-काठमाडौं सम्पर्क मञ्चका सचिव नवीन खड्कालाई अपहरण र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता  विष्णु खड्कालाई अपहरण प्रयास गरेको घटनाप्रति संयुक्त वाम गठबन्धनको गम्भीर ध्यानाकर्षण भएको छ’, उनले वक्तव्यमा भनेका छन्, ‘प्रचार प्रसारको अन्तिम दिन २०७४ मंसिर ७ गते सुकीदह गाउँपालिका वडा नं। ३ डाँडाखुटीबाट नेकपाका कार्यकर्ताले  नवीन खड्कालाई अपहरण गरी धाक धम्की दिएर आज विहान अपहरणमुक्त गरेका र  विष्णु खड्कालाई अपहरणको प्रयास गर्दा स्थानीय जनताले अपहरणकारीको प्रतिकार गरी बचाएकोमा अपहरणको घटनाको गठबन्धन घोर भ्रत्र्सना गर्दछ ।’

वामगठबन्धनले बिहीबार दिउँसो थबाङ, पाखापानी र जिनाबाङमा भएको बम विस्फोटको समेत निन्दा गरेको छ । गठबन्धनले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन ध्यानाकर्षण समेत गराएको छ ।

‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनको निर्वाचन प्रचार प्रसारको क्रममा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले नेकपा (एमाले)का रोल्पा–काठमाडौं सम्पर्क मञ्चका सचिव क. नवीन खड्कालाई अपहरण र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता क. विष्णु खड्कालाई अपहरण प्रयास गरेको घटनाप्रति संयुक्त वाम गठबन्धनको गम्भीर ध्यानाकर्षण भएको छ’, उनले वक्तव्यमा भनेका छन्,

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७