भाइरल बाल प्रतिभाको प्रस्तुतीमा रमाए दर्शक-श्रोता


२९ मंसिर २०७५, शनिबार
balkalakar

काठमाडौं, २९ मंसिर । गीत–संगीत क्षेत्रमा सम्भावना देखाइरहेका झण्डै एक दर्जन बाल प्रतिभाको साँस्कृतिक प्रस्तुतीले शुक्रबार दर्शक–श्रोतालाई भरपुर मनोरञ्जन दियो ।

balkalakar

सद्भाब र मेलमिलापका लागि कुम्भकर्ण मिडिया प्रालि र विश्वमानव उत्थान तथा मेलमिलाप संघले शुक्रबार ललितपुरस्थित किरात याक्थुङ्ग चुम्लुङको हल हलमा संयुक्त रुपमा आयोजना गरेको साँस्कृति कार्यक्रममा अहिलेका चर्चित बाल प्रतिभाले विभिन्न विद्यामा बेजोड प्रस्तुती दिए ।
सुरिलो आवाजमा गीत गाउँदै युट्युवमा भाइरल बनिरहेका बाल गायक मनिष लिम्बू कार्यक्रमको आकर्षणको रुपमा रहे ।

कार्यक्रममा भाइरल बाल गायक–गायिका माङ्गेना लिम्बू, गायकहरु प्रेम परियार, प्रसन्न पाठक, बिक्रम कार्कीले विभिन्न गीत गाएर आफूलाई अब्बल मात्र सावित गरेनन् दर्शक–श्रोताको मनमा बस्न समेत सफल भए ।

IMG 0001

कार्यक्रममा राष्ट्रिय कलाकारहरुमा चर्चित मुन्धुमी गायक ब्रब्रिम शेर्मा, कञ्चन थलङ, गंगा फियाक, तिर्सना नेम्बाङ, एकान्त आङदेम्बे, एबी लिम्बू, तुलषा आङदेम्बे, दिपा सुहाङ, प्रदेश लिम्बू, नायिका निशा पोमु, हाँस्य कलाकार भरतमणि पौडेललगायतको प्रस्तुती उस्तै दमदार रह्यो ।

सञ्चारकर्मी तथा चर्चित उद्घोषिका मेरिना तुम्साको उद्घोषण शैलीले दर्शक–श्रोतालाई कार्यक्रम अवधिभर बाँधेर राख्यो ।

कार्यक्रममा गायनसँगै (एफ एण्ड एफ क्रु ) को हिपपप सामुहिक नृत्य, राष्ट्रिय कलाकारहरुको मारुनी नृत्यले पनि सबैको मन खिच्यो । बाल प्रतिभाहरुलाई हौसला प्रदान गर्दै प्रतिभा प्रदर्शनका लागि सहयोग पु¥याउन कार्यक्रम आयोजना गरिएको कार्यक्रमका प्रचार विभाग संयोजक लोकेश लिम्बू बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७