ढुक्क भएर मतदान गर्नुहोस्, सुरक्षाको कुनै समस्या छैन : यादव


८ मंसिर २०७४, शुक्रबार
ayodi prasad yadav

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचनको लागि सरकारले सुरक्षाको पूर्ण प्रत्याभुति गरेकोले ढुक्क भएर मतदान गर्न आम मतदाताहरुलाई अपिल गरेका छन् । ayodi prasad yadav
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले सुरक्षाको सम्पूर्ण व्यवस्था अत्यन्तै चुस्त बनाईएकोले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका हुन् ।
’केही ठाउँमा भएका छिटपुट घट्नालाई लिएर सुरक्षाबारे अफवाह फैलाउने काम भएको छ, तर सुरक्षाको पूर्ण व्यवस्था गरिएको छ, ढुक्क भएर मतदान गर्नको लागि निर्वाचन आयोग यही मञ्चबाट अपिल गर्न चाहन्छ।’,उनले भने,‘फाट्टफुट्ट भएका घट्नालाई अतिरञ्जित बनाउने काम भैरहेको छ, ढुक्क हुनुहोस सुरक्षाको पूर्ण प्रत्याभुति छ, अझै कुनै चासो भए यहाँहरुले सुरक्षा कार्ययोजनाबारे गृहमन्त्रालयसँग जानकारी लिन सक्नुहुन्छ।’
उनले मौन अवधि सुरु भएकोले सुरक्षाको पूर्ण प्रत्याभुतिको लागि विशेष किसिमको सुरक्षा व्यवस्था गरिएको दोहोर्याए ।
उनले थपे,‘अब डर र त्रासको अवस्था छैन।’
यादवले सरकारले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गरेको समेत स्पष्ट पारे । उनले भने,‘सरकारले आचार संहिताको पूर्ण पालना गरेको छ, यसमा कुनै समस्या छैन, मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले आचारसंहिता पालना गर्नुभएको छ।’ यादवले विशेष ठाउँमा विशेष कर्मचारी पठाउनको लागि सरकारले आयोगसँग सहमति लिएर नै सरुवा गरेको स्पष्ट पारे । यादवले थपे,‘हामीसँग सहमति नलिएका कामहरु बदर हुन्छन्, हामी कारबाही गर्छौं।’
उनले सरकारले आचारसंहिताको पालना गरेको बताउँदै भने,‘सरकारले जे जस्तो काम गरिरहेको छ, उहाँहरुले हाम्रो सहमतिमै गर्नुभएको छ, आचारसंहिता पालनामा पालनाको माता कम वा बढि त भैहाल्छ नि। तर आचारसंहिता नै पालना भएन भन्नु गलत हुन्छ।’
यादवले मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न उम्मेद्धवार तथा दलका नेता र कार्यकर्ताहरुलाई आग्रह गरे । त्यस्तै उनले मास मिडियाहरुलाई पनि समाचार सम्प्रेषण तथा प्रशारण गर्दा अतिरञ्जित नगर्न आग्रह गरे । यादवले निर्वाचन मौन अवधिको पूर्ण पालना गर्न सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, मतदाता र सञ्चारमाध्यमलाई पुनः आह्वान गरेका छन् । उनले भने– “मौन अवधि भनेको मतदाताको विवेक प्रयोग गर्ने र सोच्ने समय भएकाले उहाँहरुलाई स्वतन्त्ररुपमा छोड्दिन म आग्रह गर्छु ।”
उनले भने,‘अतिरञ्जित समाचारहरु आउँदा दुःख लाग्छ, यसले भ्रम सिर्जना हुन्छ, त्यस्तो काम मिडियाका साथीहरुले गर्नुभएन, देशभरिका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यवेक्षक संघसंस्थाहरुले निर्वाचन गतिविधि अवलोकन गरिरहेकोले सबैले संयमता र अनुशासन अपाउनुपर्छ।’ उनले यो निर्वाचन मुलुकमा संविधान कार्यान्वयन गरेर स्थायित्व र समृद्धिको यात्रामा अघि बढ्ने खुड्किलो भएकोले पूर्ण रुपमा सफल बनाउनुपर्नेमा जोड दिए ।
त्यस्तै उनले निर्वाचनमा अधिकभन्दा अधिक मतदाताहरुको सहभागिता होस भन्दै निर्वाचनलाई उल्लासमय बनाउन समेत अपिल गरे । उनले भने,‘धैर्यता र सहिष्णुताका साथ मतदानमा सहभागी हुन म आम मतदाताहरुलाई आग्रह गर्दछु, स्थानीय तहको जस्तै हर्ष र उल्लाष कायम होस्।’
मौन अवधि भनेको मतदाताहरुले विवेक प्रयोग गर्ने स्वतन्त्रता पनि भएको उल्लेख गर्दै यादवले भने,‘यो अवधि भनेको ३२ वटै जिल्लाका मतदाताहरुले आफ्नो विवेक प्रयोग गर्ने समय हो, उहाँहरुलाई स्वतन्त्रपूर्वक आप्m्नो विवेक प्रयोग गर्न दिनुपर्छ। आयोग उहाँहरुलाई स्वतन्त्र रहन दिनकोलागि हार्दिक आग्रह गर्दछ।’
मतदान केन्द्रित सामाग्रीहरु निर्वाचन कर्मचारीहरुले साहसका साथ सम्बन्धित गन्तब्यमा पुरयाएको भन्दै उनले कर्मचारीहरुलाई धन्यवाद दिए । उनले मतदान केन्द्रको निर्माण गर्नुपर्ने काम भएकोले निर्वाचन अधिकृत र मतदान अधिकृतहरुले स्थानीय सहयोग समन्वय समितिको सल्लाहमा उक्त काम पनि गरिरहेको जानकारी दिए ।
डा यादवले मतदन केन्द्र निर्माणमा सहयोग पु¥याउन सरोकारवाला सबै पक्षलाई सुझाव दिँदै हिमाली क्षेत्रका कतिपय जिल्लामा भौगोलिक विकटता र मौसम प्रतिकूलताका बाबजुत पनि मतदानमा खटिएका कर्मचारीबाट निर्वाचन सफल तुल्याउन निकै ठूलो योगदान भइरहेको जनाए ।
मतदानको लागि महिला र पुरुषलाई छुट्टाछुट्टै व्यवस्था गरिने र वृद्धवृद्धा, अशक्त र अपांगता भएकाहरुलाई पनि उनीहरुको अभिभावकले भनेजसरी नै सवारी सुविधा ढुवानीको व्यवस्था गरिने यादवले जानकारी दिए ।
त्यस्तै निर्वाचन सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई समेत अत्यन्तै चनाखो भएर रहनको लागि उनले निर्देशन दिएका छन् । उनले भने,‘मतदाताहरुको सुरक्षादेखि लिएर मतपेटिकाको पूर्ण सुरक्षाको लागि तपाईहरु चनाखो भएर रहनुहोस्, मतदान सकिएपछि मतपेटिका सुरक्षित तवरले राख्नुहोस्।’ मतदान सकिएको १० दिनपछिमात्रै मतगणना सुरु हुने भन्दै उनले सम्बन्धित निकायहरुवीच समन्वयका साथ कामहरु अघि बढ्ने जानकारी दिए ।
सुरक्षामा खटिएका जनशक्तिलाई चनाखो भएर आममतदाता, राजनीतिक दलका नेता तथा उम्मेदवारलाई सुरक्षा प्रदान गर्न पनि उनले निर्देशन दिए ।
क्लबका सभापति ऋषि धमलाले निर्वाचनमा उत्साहका साथ सहभागी हुनको लागि आम मतदाताहरुलाई आग्रह गरेका छन् । उनले भने,‘यो निर्वाचन संविधान कार्यान्वयन गराउने महत्वपूर्ण खुड्किलो हो, म यही मञ्चबाट सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनी र आम मतदाहरुसँग अपिल गर्न चाहन्छु, तपाईहरुले यो निर्वाचनलाई पर्वको रुपमा मनाउनुहोस्।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७