कम्युनिष्टबाट प्रचार र साङ्गठनिक गर्न सिकौँ: रामशरण महत


२९ मंसिर २०७५, शनिबार
prakas saran mahat

काठमाडौँ, २९ मसिर । नेपाली काँग्रेसका नेता प्रकाश शरण महतले काँग्रेसले कमयुनिष्टबाट प्रचार र साङ्गठनिक गर्न सिक्नु पर्ने बताएको छ ।

prakas saran mahat
फाइल तस्बिर

शनिवार महाधिवेशन बैठकमा बोल्दै महतले यस्तो बताएको हो । उनले काँग्रेसले प्रचार र सङ्गठनमा ध्यान नदिएकोले निर्वाचनमा पराजय भोग्नु परेकोले भन्दै प्रचार र साङ्गठनिक गर्नु पर्ने बताएको हो ।

उनले कम्युनिष्टको विचार असफल भएको भन्दै कम्युनिष्टको संस्कार र प्रवृत्ति काँग्रेसले सिक्नु जरुरी नभएको बताएका छन् । कम्युनिष्ठको भन्दा राम्रो विचार काँग्रेसको भएको दाबी गर्दै उनले भने, ‘कम्युष्टिको भन्दा राम्रो हाम्रो विचार छ । तर, हाम्रो प्रचार र सङ्गठन छैन यस्तो कुरामा ध्यान दिनु पर्छ ।’

व्यापारीहरूले आफ्नो सामाग्री बिकाउन धेरै विज्ञापन गर्ने गरेको उदाहरण दिँदै अब काँग्रेसले पनि प्रचारको शैली अपनाउनु पर्ने बाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७