प्रज्ञा–प्रतिष्ठान उपकुलपतिमा गुरुङ, २४ प्राज्ञसभा सदस्य छनोट


२ पुष २०७५, सोमबार
jagaman

काठमाडौं, २ पुस । सरकारले आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपतिमा डा. जगमान गुरुङलाई नियुक्त गरेको छ ।

jagaman

गएको असोजमा पूर्वकुलपति गंगाप्रसाद उप्रेती पुनः कुलपति र डा. जगत उपाध्याय सदस्य सचिव नियुक्त भएका थिए ।

प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, डा. हेमनाथ पौडेल, प्रा.डा. उषा ठाकुर, माया ठकुरी, प्रा.डा. गोपिन्द्र पौडेल, लक्ष्मी माली र डा. देवी नेपाल प्राज्ञ–परिषद् सदस्य नियुक्त भएका छन्। पन्त र ठाकुर दोहोरिएका हुन्। २४ जनालाई प्राज्ञसभा सदस्य छनोट गरिएको छ ।

परिषद्का पदाधिकारीलगायत प्राज्ञसभा गठन संस्कृतिमन्त्रीको अध्यक्षतामा दुई विज्ञ सम्मिलित समितिको सिफारिसमा प्रतिष्ठानका प्रमुख संरक्षक प्रधानमन्त्रीबाट हुने व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७