मृगौला पीडित विजयलाई खोटाङ समाज हङकङको २१ लाख सहयोग


८ मंसिर २०७४, शुक्रबार
bijaya lai arthik sahayog

काठमाडौं : दुबै मृगौलाले काम नगरेका पुर्खोली घर खोटाङ भई हाल धरान बगैचा लाईनमा स्थायी बसोबास गर्दै आएका हङकङमा घरेलु कामदारको रूपमा कार्यरत विजय राईलाई खोटाङ समाज हङकङले अार्थिक सहयाेग गरेकाे छ । bijaya lai arthik sahayog

समाजकाे पहलमा संकलित हङकङ डलर एक लाख ६१ हजार अर्थात् नेपाली २१ लाख २५ हजार २ सय रुपैयाँ साम्पाङ रार्इ जुम्लेखाका कोषअध्यक्ष मणि रार्इलाई हस्तान्तरण गरेकाे हाे ।

डोमेस्टिक हेल्परको रूपमा कार्यरत विजय बिरामीले थलिए पछि डक्टरी चेकजाँच गराउदा उनको दुवै मृगौलाले काम नगरेको रिपोर्ट आएको थियो । त्यसपछि उनी क्विन एलिजाबेथ अस्पतालमा भर्ना भएको, समाजका अध्यक्ष टिका कोयी राईले बताए ।

अस्पतालले दुवै मृगौला फेर्नु पर्ने सल्लाह दिएको र त्यसका लागि आर्थिक रकम अपुग भएपछि सहयोग सङ्कलन सुरु गरिएको टिकाले जानकारी दिए ।

आफन्तले मृगौला दिए पनि मृगौला प्रत्यारोपण गराउनका लागि आर्थिक अभाव भएकोले सहयोग सङ्कलन सुरु गरिएको थियो । समाजका अध्यक्ष राई, उपाध्यक्ष निकेश गुरुङ र सचिव संजोग राईलगायतको संयोजकत्वमा सहयोग सङ्कलन गरिएको हो ।

समाजले विजयको स्वास्थ्य लाभको कामना गर्दै २१ नोभेम्बर साँझ नेपाल फाईनान्स हङकङको कार्यालयमा औपचारिक कार्यक्रम गरी साम्पाङ जुम्लेखा हङकङलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७