राजनीति गर्ने शिक्षकको अब जागिर चट्


४ पुष २०७५, बुधबार
teacher

काठमाडौं, ४ पुस । नेपालमा शिक्षकहरु खुलेर राजनीतिक गतिविधिमा देखिने गरेका छन् । यहाँसम्मकी राजनीतिक दलबाट चुनावमा समेत उठ्ने गरेको पाइन्छ । अब यसो गरे शिक्षकको जागिर चट् हुने भएको छ ।

teacher

सरकारले विद्यालयमा राजनीति गरे शिक्षकको जागिर नै चट हुने कानुनी व्यवस्था गर्न लागेको हो । यसअघि विभिन्न राजनितिक दलको सिफारिसमा शिक्षामन्त्री बन्न पुगेका नेताले विद्यालयमा राजनीति गर्न नहुने बताउँदै आएपनि त्यो विषय कार्यान्वयन हुन सकेको थिएन ।

नेपाली राजनीतिक सशक्त बनाउने काम नै विद्यालयका शिक्षकले गर्दै आएका थिए । कतिपय नेताहरु पूर्व शिक्ष्क हुन् । तर अहिले भने तिनै नेताहरुले राजनीति गर्ने शिक्षकलाई हटाउने योजना बनाइरहेका छन् ।

सरकारले अब कानुन नै बनाएर विद्यालयमा दलगत राजनीति गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । कुनै पनि विद्यालय शिक्षकले अब उप्रान्त कुनै पनि राजनीतिक दलको पार्टी सदस्य तथा समिति पदाधिकारी हुन नपाउने, भएमा शिक्षक पद बाँकी नरहने कानुनी ब्यवस्था गर्ने तयारी भइरहेको मन्त्रालयका अधिकारीले बताएका छन् ।

पुस ५ गते बिहीबारदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सबै सरोकारवालासँग दुई दिने राष्ट्रिय सम्मेलन गरेपछि आयोगले पुस २२ गतेभित्र पूर्ण प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७