मनमोहन, केपी जी र मैले नयाँ रेकर्ड बनाएका छौं : प्रचण्ड


८ मंसिर २०७४, शुक्रबार
Prahand

भरतपुर : पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कमरेड मनमोहन अधिकारी, केपी शर्मा ओली र आफूले नेपालमा केही रेकर्ड बनाएको बताएका छन् । Prahand
युवा संघ र वाइसियल नेपालको चितवन क्षेत्र नं. ३ को संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएको हो । अध्यक्ष प्रचण्डले भने, ‘नेपाल जहिले पनि राजनीतिक स्थिरताको भूमरिमा पर्यो । धेरै सरकारले नेपालमा विकास र समृद्धिको पहल गर्न सकेनन् । तर, कमरेड मनमोहन, म र केपीजीले नेपालमा केही नयाँ रेकर्ड बनाएका छौं । हाम्रो नेतृत्वका सरकारहरुले जनता र राष्ट्रको पक्षमा अरुभन्दा राम्रो काम गरेर रेकर्ड बनाए।”
“सत्तरी वर्षदेखि भूमरिमा परेको देशलाई स्थिरता दिने जिम्मेवारी हाम्रै काँधमा आएको छ” प्रचण्डले भने , “हामीले नै देशको जिम्मा लिनुपर्छ। कम्युनिष्टहरुको बलियो एकताले मात्र बहुमतको सरकार दिन सक्छ, राजनीतिक स्थिरता दिन सक्छ। अनि, विकास र समृद्धिको नेतृत्व लिन सकिन्छ। अहिले त्यही संकल्पका साथ हामी एकतावद्द भएका छौं।”
कार्यक्रममा प्रचण्डले उपभोक्तावादी संस्कृतिको प्रदुषणबाट ग्रसित बनाएर आफ्नो स्वार्थ पूर्ति गर्ने तत्वबाट सचेत रहन युवाहरुलाई आग्रह गरे । उनले स्वदेशमा रोजगारी दिन नसक्दा लाखाँैं युवा विदेशिएको बताउँदै केही आम्दानी भए पनि विदेशमा स्वाभिमानी भएर बाँच्न नसकेको धारणा व्यक्त गरे । ‘खाडीमा नेपाली मजदुर पीडा र आतंकका बीचमा बाँचिरहेका छन् ।’, उनले भने ।
उनले भने, “युवालाई रक्सी र मासुको भूलभूलैयामा राखेर युवाको अपमान गर्नेहरूका विरूद्ध सचेत ढंगले मुकाबिला गर्नुहोस् ।”
साम्राज्यवादीले युवालाई क्षणिक स्वार्थका लागि उपयोग गर्ने गरेको बताउँदै अध्यक्ष दाहालले भविष्यका लागि सोच्नुपर्ने बताए । उनले भने, ‘प्रतिक्रियावादी दक्षिणपन्थीले मात्रै होइन, अन्तर्रा्ष्ट्रिय बुर्जुुवाहरुले पनि युवालाई उपयोग मात्रै गर्दछन् ।’
युवालाई उच्च मनोबलका साथ एक ढिक्का भई निर्वाचनमा होमिन आग्रह गर्दै उनले युवालाई योजनावद्ध रूपमा आक्रमक ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिए ।
भेलालाई एमाले चितवन जिल्ला अध्यक्ष तथा क्षेत्र नं. २ का उम्मेद्वार कृष्णभक्त पोखरेल, माओवादी नेताहरु अमिक शेरचन, नारायण दाहाल, सूर्य सुवेदी, वाइसियलका अध्यक्ष दीपशिखा लगायतले सम्बोधन गरेका थिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७